प्रिमियर लिग अप्रिल अन्तिम सातासम्म स्थगित

डिसी नेपाल
६ चैत २०७६ १९:५९

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल आगामी अप्रिल अन्तिम सातासम्मको लागि स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले बिहिबार प्रिमियर लिगसहित फुटबल गतिविधि अप्रिल ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

एफएले प्रिमियर लिग, ईएफएल लिग, वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिपसहित सम्पूर्ण प्रतियोगिता अप्रिल अन्तिमसम्मको लागि स्थगित गरेको हो । चीनबाट फैलिएको कोरोना भाईरसको कारण युरोकप फुटबल समेत एक वर्ष सरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *