कोरोनाभाइरसबाट चीनमा भन्दा धेरै विनाश इटलीमा किन भइरहेको छ ?

डिसी नेपाल
७ चैत २०७६ १२:४२

काठमाडौं। विश्वभरमा कोरोनाभाइरसका कारण सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । हिजो इटलीमा कोरोनाभाइरसभाइरसबाट मर्नेहरुको संख्याले चीनको संख्यालाई उछिनेको छ । चीनमा डिसेम्बरको अन्त्यदेखि नै यो भाइरस फैलिन सुरु भइसकेको थियो तर इटलीमा २१ फेब्रुअरीको २१ देखि मात्र यो भाइरस फैलिन सुरु भएको थियो । तर, यति कम समयमै इटलीको मृत्युदरले चीनलाई उछिन्यो जबकि चीनमा हिजो नै नयाँ संक्रमित एक जना पनि नथपिएको तथ्यांक आएको छ ।

इटलीमा यो भाइरसबाट ३ हजार ४०५ जनाको मृत्यु भइसकेको छ । चीनमा भने ३ हजार २४५ जनाको मृत्यु भएको छ । इटलीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भयो जो विश्वभर कुनै पनि देशमा एकै दिन भएको मृत्युको सबैभन्दा ठूलो संख्या हो । सिभिल प्रोटेक्न एजेन्सीका अनुसार इटलीमा ४१ हजार ३५ जना संक्रमित भइसकेका छन् । विगत ३ दिनमा मात्र इटलीमा कोरोनाभाइरसको संक्रमणमा १४.९ प्रतिशत वृद्धि भएको छ । कोरोनाभाइरस संक्रमितको मृत्यु दरको कुरा गर्ने हो भने इटलीको मृत्युदर अन्य देशको तुलनामा १२ प्रतिशत बढी छ ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै खतरामा वृद्धहरु छन् । यसबाहेक पहिल्यै कुनै अर्को रोगबाट ग्रसित मानिसहरुको लागि पनि यो भाइरस निकै खतरनाक छ । इटली विश्वभरमै वृद्धहरुको जनसंख्या भएको दोस्रो देश हो र यहाँको युवा पिढी वृद्धहरुसँग अक्सर सम्पर्कमा रहन्छन् । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यिनै २ तथ्यलाई इटलीमा कोरोनाभाइरस संक्रमण भयावह हुनुमा जिम्मेवार मानेका छन् । विश्वविद्यालयका डेमोग्राफर र इपिडिमियोलोजिस्ट जेनिफर बीम डाउडका अनुसार धेरै लामो जीवनकालले यहाँको जनसंख्याको स्वरुपलाई बदल्न भूमिका निभाएको छ । यहाँको मृत्युदरमा निकै तीव्रताका साथ गिरावट आइरहेको छ ।

शोधकर्ताका अनुसार इटलीको युवा पिढी अन्य देशको तुलनामा आफ्ना वृद्धहरुसँग धेरै नजिक छन् । यो पनि एक तथ्य हो कि इटलीका अधिकांश युवा आफ्ना मातापिता र हजुरबुवा हजुरआमासँग एउटै घरमा बस्छन् । पारिवारिक तथ्यांकका अनुसार युवाहरु ग्रामीण क्षेत्रमा परिवारका वृद्धहरुसँग रहन्छन् र कामको लागि दैनिक शहर जान्छन् । जस्तो कि लोम्बार्डी क्षेत्रको मिलान जहाँ कोरोनाभाइरस निकै तीब्र रुपमा फैलिएको छ । शोधकर्ताहरुका अनुसार शहर र गाउँको बीच बाक्लो आवतजावतका कारण भाइरस शान्त तरिकाले फैलिइरह्यो ।

शोधकर्ताहरुले शहरमा काम गर्ने युवाहरु भीडभाड भएको स्थानमा गएको र संक्रमण लिएर गाउँमा फर्किएको हुन सक्ने अनुमान गरेका छन् । यसरी फर्किने युवाबाट घरमा पाका सदस्यहरुमा संक्रमण फैलिएको हुन सक्ने शोधकर्ताले अनुमान गरेका छन् । यहाँ कोरोनासंक्रमणको मुख्य निशानामा वृद्धहरु नै छन् । उनीहरुको श्वास प्रश्वास तन्त्र कमजोर हुने र यसैमा भाइरसले आक्रमण गर्ने भएकोले वृद्धहरु बढी शिकार भएका हुन् । कम उमेरका मानिहरुमा कोरोनाभाइरसविरुद्ध धेरै प्रतिरोधी शक्ति हुन्छ ।

अहिले इटली पूर्ण रुपमा लकडाउन छ ताकि कोरोनाभाइरसको संक्रमणलाई कम गर्न सकियोस् । शोधकर्ता बीम भन्छन् ‘हामी केवल यत्ति भन्न चाहन्छौं कि केवल वृद्ध आवादीलाई आइसोलेट गर्नु पर्याप्त छैन । पूरै आवादीलाई सामाजिक दूरी कायम गर्न प्रोत्साहित गरेमा भाइरसविरुद्ध लड्न सहयोग हुन्छ । यदि कुनै देशमा पाकाको संख्या बढी छ भने यो शोध झनै महत्वपूर्ण हुन्छ । इटलीको उदाहरण अन्य देशहरुको लागि काम लाग्न सक्छ । वृद्ध आवादी भएको क्षेत्रको पहिचान गरी त्यहाँ थप स्वास्थ्य सुविधा व्यवस्थापन गर्नेतर्फ सोच्नुपर्छ ।’

यद्यपि वृद्ध आवादीमा भयंकर रुपले महामारी फैलिने ग्यारेन्टी भने छैन । जापानको कूल जनसंख्याको २८ प्रतिशत ६५ वर्षभन्दा माथिका छन् तर हिजोसम्म यहाँ केवल ९२४ जना मात्र संक्रमित भएका छन् र २९ जनाको मृत्यु भएको छ । इटलीले कोरोनाभाइरसको पहिचान गर्न र यससँग लड्न सुरु गर्न ढिलाइ गर्यो जसका कारण यसको संक्रमण तीव्र रुपमा फैलिँदै गयो । इटलीको ठूलो जनसंख्या विभिन्न किसिमका रोगबाट ग्रसित छन् । यो कारणले पनि यहाँ धेरै मृत्यु भइरहेका छन् । कोरोनाभाइरसबाट मृत्यु हुनेमध्ये १८ प्रतिशतको मेडिकल रेकर्डको जाँच गर्दा मृत्यु हुनेमध्ये ०.८ प्रतिशत मात्र पहिलेदेखि रोगी थिएनन् । अन्य सबैमा कुनै न कुनै रोग पहिलेदेखि थियो । यीमध्ये लगभग आधा मानिसहरु पहिल्यैदेखि कम्तीमा ३ रोगसँग जुधिरहेका थिए । एक चौथाइ मानिसहरु १ वा २ रोगबाट ग्रसित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *