च्याम्पियन्स लिगः वार्यनको विजयी सुरुवात
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब वायर्न म्युनिखले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा वायर्नले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराउँदै ती अंक जोडेको हो।
वायर्नले बेन्फिकालाई उसैको मैदानमा हराएर सिजनको सुखद सुरुवात गरेको हो । वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र रेनटो सान्चेजले एक एक गोल गरेका थिए।
पहिलो हाफको १० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै वायर्नलाई २–० को सहज जित दिलाएका थिए।
प्रतिक्रिया
Facebook Comment