जामे मस्जिदमा नमाज पढ्नेको भिड, पूर्व सूचना नभएको प्रतिक्रिया

डिसी नेपाल
७ चैत २०७६ १८:०५

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालका हरेक क्षेत्रमा देखिने गरी प्रभाव पारेको छ । सरकारको पूर्व सतर्कताका कारण हालसम्म नेपालमा कोरोना संक्रमित भने भेटिएको छैन ।

पूर्व तयारीकै क्रममा सरकारले सामाजिक, सास्कृतिक तथा धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुन नपाउने भनि बुधबार नै निर्णय गरिसकेको छ ।

तर, शुक्रबार काठमाडौंको मुटुमा रहेको जमलस्थित जामे मस्जिदमा भने नमाज पढ्नेको घुइँचो नै लागेको थियो । सरकारले गरेको निर्णय विपरित भिड किन लागेको भन्ने डिसीनेपालका प्रतिनिधिले बुझ्न खोज्दा पूर्व सूचना नभएको सहभागिहरुले बताए ।

नेपाल जामे मस्जिदका अध्यक्ष अब्दुल सलिमले पूर्व सूचना ननिकालेकोले आफूहरुले आज नमाज पढ्न आउनेलाई नफर्काएको र मास्क अनिवार्य गरेको बताए । उनले भने ‘हामिले नेपाल सरकारको आदेश र मुस्लिम आयोगको निर्णयलाई मध्यनजर गर्दै सकेसम्म न्यून गरेर आजलाई अनिवार्य मास्क लगाएर मात्र नमाज पढ्न दिन्छौँ, अर्को शुक्रबार देखि जुमाको नमाज स्थगित गर्नेछौं ।’ तर, सँगै रहेको पंञ्च काश्मिरी तकिया मस्जिदले शुक्रबार सरकारको १५ बुँदे आदेश अनुसार भन्दै सुचना टाँसेर बन्द गरिएको थियो ।

कोरोनाको त्रास बढेसँगै सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना सम्बन्धी उच्चस्तरिय समितिको बुधबार बसेको बैठकले कोरोनाप्रति सजगता अपनाउदै अत्याबस्यक काम बाहेक कसैलाई पनि घर बाहिर नजान अपिल सहितको आदेश जारी गरेको छ।

सरकारद्धारा जारी १५ बुँदे आदेशमा कोरोनाको संक्रमणबाट जोगिन सकमाजिक, सांकृतिक र यस्तै कार्यहरुमा पार्टि प्यालेस, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, लगायतका धार्मिक तथा सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणका लागि अपिल सहितको आदेश जारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *