अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने प्रधानमन्त्रीकाे घाेषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिने बताए। उनले कोरोनासँग लडन पनि इच्छा शक्तिले पनि धेरै ठुलो काम गर्ने बताए । आफु मिर्गौला प्रत्यारोपणको बेला आफ्ना बारे भएका चर्चाको स्मरण गर्दै कोरोना विरुद्ध पनि इच्छा शक्ति जगाएर लाग्न अनुरोध समेत गरे ।
प्रतिक्रिया
Facebook Comment