नर्भिकमा कोरोना संक्रमण भेटिएको अडियो ‘फेक’, कार्यकारी निर्देशककै मुखबाट सत्य सुन्नुस्
काठमाडौं। नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक संजालमा भाइरल बनाइएको अडियो झुटो भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले डिसीनेपालसँग कुरा गर्दै यो अडियो गलत भएको बताएका छन् । उनले अहिलेसम्म अस्पतालमा कोरोनाभाइरसको संक्रमण कसैमा पनि नभेटिएको उनले बताए ।
अस्पतालले यस विषयमा विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्तिमा अस्पतालले यो हल्लाले आफूहरु आश्चर्यचकित भएको जनाएको छ । कार्यकारी निर्देशक सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे । अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ ।
Facebook Comment