डाक्टरको सुझाव – ‘स्यानिटाइजर नै खोज्नु पर्दैन, जुनसुकै साबुनले भए पनि हात धुनुस्’

डिसी नेपाल
८ चैत २०७६ १६:१५

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिएको छ । विश्व हल्लाइरहेको कोरोना भाइरस नेपालमा भने देखिएको छैन । हालसम्म नेपालमा नदेखिएको कोरोना भाइरस छिमेकी मुलुकमा बढ्दो क्रममा देखिन थालेको छ ।

खुल्ला सिमाना रहेको छिमेकी मुलुक भारतमा कोरोना देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । पछिल्लि समय कोरोनाबाट बच्नको लागि माछामासु नखाने हल्ला पनि चलेको छ । तर, माछामासु पकाएर खानाले कोरोना भाइरस सङ्क्रमण नहुने डाक्टरले बताएका छ्न् ।

टेकु अस्पतालका डाक्टर सागर भण्डारीले माछामासु पकाएर खान हुने बताएका हुन । उनले भने, “माछामासु खान हुन्छ, तर माछामासु कसरी खाइन्छ भन्ने कुरामा चाहिँ गम्भीर हुनुपर्छ, हामिले मज्जाले भुटेर (पकाएर) माछामासु खानलाई डराउन पर्दैन ।”

नेपालमा कोरोना सङ्क्रमण बाट बच्नको लागि प्रयोग गरिने स्यानिटाइजरको पछाडि नलाग्न डाक्टर भण्डारीले सुझाव दिए । उनले भने “साबुन पानीले हात धुनुस, स्यानिटाइजर हाम्रो प्रोडक्ट होइन, यस्को जतिबेला पनि अभाव हुनसक्छ त्यसैले स्यानिटाइजर भन्ने कुरा मलाई बेकार लाग्छ स्यानिटाइजर प्रयोग गर्दा स्वास्वाका बिरामिलाई झन असर गर्दछ ।”

स्यानिटाइजर नभएको अबस्थामा साबुन पानी प्रयो गर्न सुझाव दिएका डाक्टर भण्डारीले साबुन जुन प्रकारको प्रयोग गरेपनि हुने बताएका छ्न उनले भने “साबुन यो उ भन्ने हुदैन तपाईं सँग जे छ त्यही प्रयोग गर्नुस तर हात चाहिँ नियम मिलाएर धुनु पर्दछ ।”

कोरोनाबाट बच्नको लागि प्रयोग गरिएका कपडा नधुइ पुन: प्रयोग गर्न नहुने उनले बताए। उनले भने ” दिनभर प्रयोग गरेको कपडाले अरु कपडा लाई छुन भएन त्यसलाई धोएर मात्र प्रयो गर्नुपर्दछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *