कोरोनाभाइरसबारे भ्रामक अडियो भाइरल गराउने युवक पक्राउ

डिसी नेपाल
८ चैत २०७६ १६:३९

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको विषयमा सामाजिक संजालमा भ्रामक अडियो भाइरल गराउने युवक पक्राउ परेका छन् । उनले नेपालकै अस्पतालमा कोरोनाभाइरस संक्रमितहरु भेटिएको र मृत्यु समेत भएको तर अस्पतालले सूचना लुकाएको भन्दै सामाजिक संजालमा एउटा अडियो भाइरल गराएका थिए ।

पक्राउ पर्ने युवक रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगर भएको बताइएको छ । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ । यस्तो प्रचारबाजी गर्नेलाई पक्राउ गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *