विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

डिसी नेपाल
८ चैत २०७६ १६:३१

गौर । नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *