ग्यास बिक्रीका लागि उपत्यकामा १७ वटा रिटेल काउन्टर

डिसी नेपाल
९ चैत २०७६ ११:२६

काठमाडौं । काठमाडौंमा ग्यास आपुर्तिमा सहज बनाउन बिभिन्न कम्पनीहरुले रिटेल काउन्टर खोलेका छन् ।

डिपोमार्फत बिक्री गर्दा उपभोक्ताले सहज रुपमा ग्यास नपाएको गुनासो गरेपछि कम्पनीहरुले सिधै उपभोक्तालाई बिक्री गर्न लागेका हुन् ।
नेपाल आयल निगमको निर्देशनमा एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न ठाउमा १७ वटा रिटेल काउन्टर खोली ग्यास विक्री गर्न लागेका हुन् ।

निगम र संघले संयुक्त रुपमा प्रकाशित गरेको सूचना अनुसार नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थली र नैकापबाट बिक्री गर्नेछ ।

त्यस्तै बाबा र श्री लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट, सिद्धार्थ इमाडोलबाट, श्रीमाया सतुंगलबाट, लोकप्रिय नैकापबाट, राजधानी सितापाईलाबाट, सूर्या जगातीबाट, गीता धुम्बाराहिबाट, हिमाल भगवतीवहालबाट, नमस्ते कागेश्वरी मनहरावाट, भानु गोगंवुबाट, एभरेष्ट र सुगम सिफलबाट, श्रीराम हरिसिद्धिबाट र मनोज सानेपाबाट बिक्री गरिनेछ ।

यी स्थानबाट सर्वसाधारणले निगमले तोकेकै मूल्य प्रतिसिलिन्डर १३७५ रुपैयाँमा ग्यास खरिद गर्न पाउनेछन् ।  यसैगरी निगमले उपभोक्तालाई बढि ग्यास खरिद गरी संचय नगर्न समेत आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *