१४ दिन पुरै नेपाल ‘लक डाउन’ गरौंः प्रदिप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम युबा नेता प्रदिप पौडेलले १४ दिन पुरै नेपाल लक डाउन गर्न आग्रह गरेका छन् ।
धेरै देशका जनताले हेलचेक्राई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन्।
धेरै देशका जनताहरुले कोरोना (कोभिड १९)भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गरौं नेपाली जनतामा जुन त्रास छ त्यो हटाउँने तर्फ हामी सबैले एक हौ र सरकारलाई साथ दिउँ, पौडेलले फेसबुकमा लेखेका छन् ।
नेपालमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी नभएपनि आजदेखि नेपाल सरकारले अन्तराष्ट्रिय उडान र लामो दुरीका सवारीसाधनमा भने रोक लगाएको छ।
चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९२ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् । जसमा आइतबार मात्रै ३१ हजार ६ सय २ जना नयाँ संक्रमित थपिएका हुन्।
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
Facebook Comment