कोरोना भाइरसको कारण स्पेनका २ खेल पत्रकारको मृत्यु

डिसी नेपाल
१० चैत २०७६ १०:५४

काठमाडौं । कोरोना भाईरसको संकट संसारभरी फैलिरहदा यस्को प्रकोप खेल क्षेत्रमा मात्रै नभएर खेलका बारेमा सुचना दिन अहोरात्र खटिरहने प्रत्रकार माथि पनि परेको छ ।

अन्तराष्ट्रिय खेलकुद प्रत्रकार संघका अनुसार स्पेनमा कोरोना लागेर २ खेलपत्रकार को मृत्यृ भएको छ । रेडियो नेशनल डे स्पेनमा कार्यरत ५९ बर्षिय जोस मारिया केन्डेला र मोटर प्वाईन्ट एडिर्टसका डाईक्टर जनरल थोमस डिएज वाल्डेस रहेका छन । थोमस ३० बर्ष सम्म स्पेनको पत्रिका एएसका रिपोर्टर भएर पनी काम गरेका थिए ।

आरएनईले ट्विटरमा दिएको जानकारी अनुसार जोसको कारोना भाईरसकै कारण मृत्यु भएको हो । जोसका साथी तथा एआईपीएस सदस्य प्रिटोले भने – जोसले पहिले देखी नै कमजोर भएको महसुसु गरिरहेका थिए शुक्रबार जोसको मेडिकल टेस्ट गर्ने योजना रहेको थियो तर उनी पहिले नै यो संसार बाट बिदा भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *