सुनसान काठमाडौ (फोटोफिचर)

डिसी नेपाल
१० चैत २०७६ १५:३७

काठमाडौ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन नदिनका लागि सरकारले अनौपचारिक लकडाउन गरेसँगै काठमाडौका अधिकांश भीडभाड हुने स्थान सुनसान भएका छन् ।

सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने र सोमबारदेखि लामो दूरीका सवारीमा रोक लगाएको छ। यससँगै काठमाडौ उपत्यकामा मानिसहरुको चहलपहल घटेको हो। काठमाडौ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरु पनि फाटफुट मात्र चलेका छन्। मुख्य क्षेत्र तथा चोकहरुमा अधिकांश पसलहरु बन्द भएका छन्। सडकमा निजी सवारी साधनहरुको उपस्थितीमा पनि कमी आएको छ।

सरकारले अत्यावश्यक कामकाजका बाहेक घरबाहिर ननिस्कन आदेश जारी गरेसँगै अधिकांश सडकहरुका सुरक्षकर्मी, पत्रकार र अन्य केही अत्यावश्यक कामकाजका लागि घरबाहिर निस्केकाहरु मात्र देख्न सकिन्छ।

अहिलेसम्म १९२ देशमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४२ हजार ३९३ जनामा संक्रमण पुष्टि भैसकेको छ भने १४ हजार ७६२ जनाले ज्यान गुमाइसकेका छन्। यससँगै नेपालमा पनि २ संक्रमण देखिएकाको संख्या २ पुगेको छ । यीमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने एकजनालाई उपचारका क्रममा टेकु अस्पतालमा राखिएको छ।




प्रतिक्रिया

One thought on “सुनसान काठमाडौ (फोटोफिचर)

  1. यो भिडभड नभको बेलामा नमिलेको सडक झिर्न अवस्थाम रहेको मत्ठमन्दिरहरु बाटो गटो अशुरिता तरहरु लाई पसाउनउ बनु पर्ने बाटो हरु बनौनु सरकार तनुपरेउ यो समय म खाली समय म त

Leave a Reply

Your email address will not be published. Required fields are marked *