इत्तेहाद एयरले फेरि ल्यायो दुईजना नेपाली, विमानास्थलमा यात्रु ओराल्न दिइएको छैन

डिसी नेपाल
१० चैत २०७६ २१:३३

काठमाडौं । नेपालबाट विदेशी नागरिक लिन आएको इत्तेहाद एयसलाइन्सले दुई जना नेपाली नागरिकलाई लिएर आएको छ ।

अहिले साँझ ४ : ३० बजे अवतरण भएको सो विमानले अष्ट्रेलियाबाट नेपाली नागरिक लिएर आएको हो ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार उनीहरु तीन दिन अघि नेपालबाट गएका थिए । तर अष्ट्रेलिया सरकारले विमानस्थलबाटै नेपाल फर्काएपछि इत्तेहाद एयरले नेपाल ल्याएको हो ।

विमानस्थल स्रोतका अनुसार उनीहरुलाई के गर्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन । अहिले विमानको ढोका समेत खोल्न नदिएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ ।

विमानस्थल स्रोतले यसलाई विदेशी एयरलाइन्सको अटेरी गरेको जनाएको छ । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *