सरकारले काम राम्रो गरे पनि जनता सम्म पुग्ने गरि प्रचार गर्न सकेन : गंगालाल तुलाधार

डिसी नेपाल
१० चैत २०७६ २२:३३

कोभिड–१९ को विश्वव्यापी संक्रमण सँगै नेपाल अधिक जोखिममा छ । भर्खरै एक व्यक्ति संक्रमण भएको पुष्टि समेत भइसकेको छ । नेपाल सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति र क्रियाकलापलाई सार्थक र राम्रो भनिएको छ । संकट व्यवस्थापकहरुले पनि सरकारको कामलाई राम्रो भनिरहेका छन् । यसै सन्दर्भमा विपद जोखिम न्युनिकरण र संकट व्यवस्थापनमा विद्यावारिधी गर्नुभएका डा. गंगालाल तुलाधरसँग न्यूज एजेन्सी नेपालले कुराकानी गरेको छ ।

अहिले हामी विश्वव्यापी रुपमा संकटमा छौं । जोखिममा पनि छौं । यो नेपालको तयारी विश्व परिवेस, यो संकटको घडिलाई र अहिले सम्म गरेको सरकारले लिएका नीतिरुलाई कसरी विष्लेशण गर्नुहुन्छ। कस्तो अवस्थामा छौं ?

हामी अहिले विश्व युद्धकै सामना गरिरेको परिस्थिति रहेको मैले महसुस गरेको छु । यद्यपी हामीकोमा त्यस्तो खालको समस्या छैन । तर निकट भविश्यमा त्यो नआउला भन्न सकिदैन भन्ने तहबाट हामी जुन ढंगको पूर्व तयारी गर्दै छौं सावधानी हामीले जुनप्रकारले लिदैं छौं त्यो हिसाबको तयारी हेर्दाखेरी हामी निकै नै माथिल्लो चरणबाट यसलाई महत्व दिएर काम गरिरहेका छौं भन्ने नै हो ।

तर अव कति ग¥यौं अव कुन स्केलमा गर्नुपथ्र्यो यो पुग्यो कि पुगेन धेरै वा थोरै के भयो कति गम्भिर हुनुपथ्र्यो भएन भन्ने विषय चाहिं अर्को फेरी विश्लेषणको विषय चाहिं बन्ला । तर सरकारले जहाँ सम्म अहिले गरिरहेको कुराहरु छ त्यो स्वागत योग्य छ । सम्माननीय प्रधानमन्त्री ज्यूले आफ्नो त्यस्तो अवस्था हुँदाहुँदै पनि राष्ट्रका नाउँमा सम्बोधन गर्ने र मुलुक बासिलाई एकढंगले आश्वस्त पार्ने अहिले आतंकिंत हुने होइन हामी सबै एकजुट भएर संत्रासमा बाँच्ने होइन संत्रास फैलाउने होइन हामीहरु सतर्कता पूर्वक र जिम्मेवार भएर पूर्वसावधानी गर्ने हो भन्ने खालको सन्देश दिने काम भएको छ ।

यि सबै कुराहरुलाई हेर्दाखेरी सरकार एक स्तरबाट आफ्नो जिम्मेवारीमा छ भनेर भन्न सकिन्छ । तर यहि हिसाबले नागरिक समाज चाहिं जिम्मेवारी पूर्ण ढंगले लागिरहेको छ कि छैन भन्ने कुराहरुमा मेरोचाहिं यसमा मिश्रीत प्रतिकृया हुन्छ । नागरिक समाज स्वभाविक रुपले ठूलठूला हामीले हिजो विपद्हरुपनि सामना ग¥यौं साथसाथै जनयुद्धका कुराहरुपनि हामीले सामना गरेका छौं ।

भारतीय नाकाबन्दी पनि हामीले सामना गरेका छौं । त्यस्तै अरुखालका विपदहरुपनि हामीले सामना गरेका छौं । बेलाबेलाका नेपाल बन्दहरुपनि हामीले हेरेका छौं । त्यसै कारणले गर्दाखेरी नेपाली जनताहरु अरु मुलुकका जनताहरु भन्दा बढि उत्थानशिल छन्, रेजिलेन्ट छन भनेर भन्न सकिन्छ । तर अहिले जुन किसिमले संत्रास समाजमा फैलने कामहरु भइराखेको छ, एकप्रकारको अनर्गल प्रचार र अफवाह फैलने किसिमको कुराहरु भइरहेको छ । त्यो हिसाबले हेर्दाखेरी यो महामारीबाट हामी कसरी जोगिने होला भनेर भन्ने सवालमा जति जिम्मेवारपूर्ण ढंगले जति एकतावद्ध ढंगले जति एकजुट भएर लाग्नुपर्ने हो त्यतिचाहिं नलागिरहेको हो कि भन्ने देखिन्छ ।

हामी कहाँ चुक्यौं त, के गर्नुपथ्र्याे ?

यसमा मूलतः राज्य पक्षबाट, समुदायहरुको तर्फबाट, निजी क्षेत्रहरुको तर्फबाट, विश्वविद्यालय र स्कुलहरु जस्ता प्राज्ञिक क्षेत्रहरुबाट आम नागरिक शिक्षाको जुन प्रकारको सुरुवात हुनुपर्दथ्यो त्यो अझ पुगेको छैन भन्ने मलाई लाग्छ । र यस्तो बेलामा अर्को महत्वपूर्ण पाटो भनेको राजनीतिक दलहरु नै हुन् । राजनीतिक दलले समुदाय परिचालन गर्न सक्छ आफ्नो कार्यकर्ताहरु मार्फत आफ्नो सदस्यहरुमार्फत माथि नेतादेखि लिएर तल समुदाय स्तर सम्म उसले चाहँदा एउटा स्वीच अन गरेको अफ गरेको स्टाइलबाट समुदाय परिचालन गर्न सक्छ । अहिलेको खाँचो भनेको त्यो प्रकारको जनचेतनाको जनशिक्षाको खाँचो हो ।

हिजोको सन्दर्भलाई हेर्नेहो भने २० वर्ष सम्मको जनप्रतिनिधि विहिनताको अवस्थालाई हेर्दाखेरी तलपनि काम गर्ने मान्छेहरुको अभाव थियो तर आज त्यो अभावपूर्ति भएको छ । त्यसैलेपनि समुदाय स्तरमा जाने खालको, जनप्रतिनिधिहरु मार्फत राजनीतिक दलहरुको अगुवाईमा राजनीतिक दलहरुको निर्देशनमा उनिहरुको परिचालनमा त्यो हुन सक्छ । र त्यो गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

सरकारले लिएका नीतिहरु र आफ्ना संयन्त्रहरुलाई जसरी परिचालन गरेको छ त्यसलाई हेर्दा तपाइले भनेजस्तो राजनीतिक रुपमा आफ्ना कार्यकर्ता लिएर स्थानीय स्तरमा पुग्ने खालको पहूँच, चाहे जनचेतनाको होस, चाहे स्वास्थ्यको होस, चाहे उपचारको होस, चाहे रोकथामको होस जे सुकै होस । यसमा कस्तो पाउनुभएको छ ?

अहिले सम्म हाम्रो कानूनी बाध्यात्मक र कानूनी निर्देशनका कुराहरु हामीले दुरुस्त अभ्यासमा नल्याएका कारणले गर्दा यो स्वयंसेवकीय रुपमा हुँदाखेरी सबैठाउँमा एकरुपता र समानता थिएन् । कानूनी रुपले पनि राजनीतिक दलहरु बाध्यकारी स्थितिमा छन भन्ने मलाई लाग्छ किन भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २० ले के भनेको छ भन्दा हरेक राजनीतिक दलको काम कर्तव्य र अधिकार भित्र विपद जोखिम न्यूनिकरण शिक्षा आम रुपमा सञ्चालन गरी विपद पूर्व तयारीमा पूर्णरुपले सहयोग गर्ने भन्ने छ ।

जस्तो अहिलेको अवस्था पनि महामारी आउनु अर्थात विपद आउनुभन्दा अगाडिको अवस्था हो जुन अवस्थामा हामीले पूर्व तयारीका सबै कामहरु गर्न भ्याउँछौं । त्यो गर्नका लागि हामीलाई प्रशस्त समय छ । भोली भइसकेपछाडि हामीलाई पटक्कै समय रहदैन् । त्यसकारणले यस्तो बेलामा राजनीतिक दलहरुले चाहे भने जस्तो ठूला राजनीतिक दलहरु अहिले सत्तासिन राजनीतिक दलकै कुरा गरौं, प्रमुख प्रतिपक्षि राजनीतिक दलकै कुरा गरौं वहाँहरुको सदस्यअरु कै कुराकानी गर्नेहो भने प्रत्येकको ८÷१० लाख आफ्नो सदस्यहरु छन् ।

ति सदस्यहरु केन्द्रले केन्द्रिय कमिटिको बैठक आवहान गर्ने र बैठकको निर्णयलाई सार्वजनिक गरेसँगै आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरु साधारण सदस्यस्तरसम्म पनि परिचालित हुने कुराहरु उसले निर्देशनात्मक ढंगले भनिदिनेहो भने देशको ७७ वटै जिल्ला ७ सय ५३ वटै पालिकाहरु, वडाहरु र समुदायस्तरमा एकैचोटि पुग्छ । र यस्तो खालको पुग्ने कुराचाहिं मलाई लाग्दछ अरु जस्तो उदाहरणको लागि लकडाउन भनेर हामीले सुनेका छौं । अव देखेका पनि छौं ।

कति पिडादायी हुन्छ भन्नेखालको हामीले देखेका छौं । त्यो पनि गर्नुपर्ला तर त्यो भन्दा अगाडि जनसचेतना बढाउन सकियो भने जनशिक्षा बढाउन सकियो भने, नागरिक शिक्षा बढाउन सकियो भने त्यो धेरै प्रभावकारी हुन्छ । यो राजनीतिक दलले गर्न सक्छ । यो चाहिं कानूनी रुपले पनि उनिहरु बाध्यात्मक छन भन्ने ठाउँबाट भन्न चाहन्छु । यदि राजनीतिक दलले यतिवेलापनि वहाँहरुले त्यस ढंगले परिचालित हुनुभएन जनशिक्षा दिने खालको कुरा, नागरिक शिक्षा दिने खालको कुरामा परिचालित हुनुभएन जस्तो उदाहरणको लागि नेपाल भारतको सिमा क्षेत्रको कुराकानी गर्ने हो भने १८ सय किलोमिटर क्षेत्र मध्ये सयौं र दर्जनौं क्षेत्रबाट चाहिं मानिसहरु भित्रिरहेका छन् ।

आइरहेका छन् । र अहिले ज्यादै नै हल्ला भइरहेको स्थिति छ । तिनिहरुलाई कुनैपनि हिसाबको परिक्षण गरिएको छैन् र पहिचान पनि गरिएको छैन् । र स्वभाविक रुपले उपचार के गर्ने भन्ने खालको त त्यो ठाउँमा पुगेकै छैन भन्ने खालको कुरा गर्दाखेरीपनि सिंगो पूर्व मेचि देखि पश्चिम महाकालि सम्मको खासगरी भारतीय नाका जोडिएको नाकाको कुराकानी गर्नेहो भने त्यहाँबाट कसरी मान्छेहरु प्रवेश गरिरहेका छन भन्ने कुरा एक एक पहिचान पनि राजनीतिक दलहरुले स्थानीय कमिटिहरुमार्फत लिन सक्छ । स्थानीय जननिर्वाचित प्रतिनिधिहरुपनि वडावडामा छन् ।

त्यहाँ वडाका समितिहरु छन् । र त्यहाँ जननिर्वाचितहरुले चाहिं यि सबै खालको कुराको रेखदेख गर्न सक्छन र त्यही अनुसार मान्छेहरुलाई सचेत तुल्याउन सक्छन त्यस कारणले अहिले राजनीतिक दलहरु सचेत हुने खालको कुराले स्वभाविक रुपबाट जनप्रतिनिधिहरु पनि त्यहि ढंगले परिचालित हुन्छन् । र यो बनाउनुपर्छ ।

हामी सँग स्थानीय सरकार छ र यसले व्यक्ति र परिवारसम्म पुग्ने क्षमता, पहुँच राख्दछ । यस्तो अवस्थामा स्थानीय सरकारले अहिले सम्म के कस्तो काम गरिरहेका छन्? तपाईले के पाउनुभएको छ ?

दुई वर्षदेखि वास्तवमा यहाँले सोधेकै प्रश्नमा बढी केन्द्रीत भएर काम गरिरहेको छु । यो सातवटै प्रदेशमा र केही ७ सय ५३ वटा पालिकाहरुमध्येकै पालिकाहरुमा म सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी पुगेको छु । म पुग्दाखेरी वहाँहरु सुरुमा दुई वर्ष अगाडि भर्खर निर्वाचित भएर आउनुभएको थियो त्यतिवेला वहाँहरुलाई केहीपनि थाहा थिएन् ।

त्यहि केहीपनि थाहा नभएको बेलामा ‘विपद जोखिम न्यूनिकरण र व्यवस्थापन ऐन २०७४’ नेपालको संविधानको व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन, स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन, र अन्य सम्बन्धीत ऐनहरुको बारेमा प्रशिक्षण दिने क्रममा यस्तो पूर्व तयारीको बारेमा के के गर्नुपर्छ भन्ने कुराहरु वहाँहरुसँग मैले गरेको थिए । आज देशव्यापी रुपमा मैले मात्र होइन धेरै संस्थाहरु धेरै व्यक्तिहरु धेरै विज्ञहरु गएर स्थानीय जनप्रतिनिधिहरुसँग भेटने काम भएको छ । वहाँहरुलाई अभिमुखिकरण गर्ने काम भएको छ ।

प्रशिक्षण गर्ने काम भएको छ त्यसैको परिणामले होला आज वडा स्तर र समुदाय स्तरमा पनि विपद व्यवस्थापन समितिहरु बनेका छन् । मैले अहिले देखिरहेको छु, सुनिरहेको छु र मलाई रिपोर्टिङ भइरहेको छ ति सबै स्थानीय स्तरका विपद व्यवस्थापन समितिहरु अहिले बैठक बसेर कार्ययोजना बनाएर तत्कालका लागि, मध्यकालका लागि, दिर्घकालका लागि योजनाहरु बनाएर क्राइसिस म्यानेजमेन्टका कुराहरुलाई समेत मध्यनजर राखेर अहिले कोरोना भित्रिइहाल्यो भनेर भने संक्रमितहरु गाउँमा देखा प¥यो भने सहरमा देखा प¥यो भने के गर्ने त्यसका स्टेपहरुलाई वहाँहरुले योजनामा राखेर त्यहि निर्णय बमोजिम वहाँहरु परिचालित भइरहेको मैले पाउँछु ।

यो भनेको ठूलो जागरुकता आएको भनेर भन्न सकिन्छ । यस्तो जागरुकता भनेर भनेको हामीले ठूल्ठूला अस्पतालरुलाई क्वारेन्टाइन बनाएर स्कुल कलेजहरुका कोठाहरुलाई क्वारेन्टाइन बनाएर मान्छेहरुलाई ठूलो संख्यामा जवरजस्त राख्नेखालको कुरा भन्दा यो प्रकारको सचेतना भित्र कमसेम २० सेकण्ड मिचिमिचि हात धुनुपर्छ भन्ने जस्तो कुराहरु एउटा जनप्रतिनिधिले गाउँगाउँमा भनिराखेका कुराहरु, भेटेर कुराकानी गर्दाखेरी कम्तिमा तीन मिटरको फरकमा भेटौं भन्ने जस्ता खालका कुराहरु हिजो हात मिलाउने र अंगालो मिलाउने खालका कुराहरुमा नमस्ते र नमस्कारबाट अभिवादन गरेर एकले अर्कालाई आदर गर्ने जस्ता खालका कुराहरुमा रुपान्तरीत भएको कुराहरु अव गाउँगाउँलाई सुरक्षित राख्ने र सरसफाई गर्ने भन्ने जस्ता खालका कुराहरुमा यो प्रकारको जागरण आएको हेर्दा यो अभूतपूर्व जागरण आएको छ र यो कोरोना आफैमा के हो भन्दा यो अभिसाफ मात्र नभएर यसले पब्लिक हेल्थ, जनताहरुको जनस्वास्थ्यमा नै निकै ठूलो परिवर्तन ल्याउन सक्छ । मान्छेको बानी पद्धति तरिकाहरुमा चाहिं आम रुपमा परिवर्तन ल्याउन सक्छ जस्तो मलाई लाग्छ ।

संकटको बेला या विपद व्यवस्थापन या विपदको बेलामा संघ, प्रदेश र स्थानीय सरकारको अन्तर सम्बन्धमा केही नीतिगत अस्पष्टताहरु देखिएका छन् । संघले लिएको नीति प्रदेश सरकार र स्थानीय सरकारसम्म पुग्दा कार्यान्वयनमा आउन नसक्ने हुन सक्छ । यसबाट त जनतालाई असर पार्छ । यो संकटको बेलामा अन्तरसम्बन्धलाई कसरी हेर्नुपर्छ ?

संवैधानिक व्यवस्थापनि हाम्रो स्पस्ट नै छ । विपद व्यवस्थापनको सन्दर्भमा कुरा गर्दाखेरी संघ प्रदेश र स्थानीयको साझा सूचिमा पनि विपद व्यवस्थापन भन्ने छ । अनुसूचिमा त्यो प्रस्टरुपमा व्यवस्था छ । स्थानीय सरकारको एकल अधिकारको सूचिमा पनि त्यो विपद व्यवस्थापन भन्ने छ । त्यसैले विपद व्यवस्थापनकै सन्दर्भको कुरा हामीले गरिरहेका छौं र त्यसको तयारीमा जुटिरहदा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको बिचमा समुचित समन्वयको जरुरत हुन्छ ।

समुचित र उपयुक्त खालको समन्वय भएन भने परिणाम भिन्न पनि हुन सक्छ । त्यसैले जहाँ समन्वयको अभाव जस्तो देखिन्छ त्यसको अन्त्य हुनुपर्छ । जस्तो १४ दिन सम्मको क्वारेन्टाइनको बसाई भनेको त्यसको एउटा इन्कुवेसनको पिरियड हो त्यो वैज्ञानिक रुपले पनि प्रमाणित भएको तथ्यलाई कुनै एउटा पालिकाले अथवा त्यसको लहडमा १० दिनमा झार्ने, सात दिनमा झार्ने भन्नेकुरा हुनपनि सक्दैन् । क्वारेन्टाइनमा बसिसकेपछाडि कुनैपनि मानिस भाग्नुपनि हुँदैन् । त्यहाँबाट सुविधा दिएर पठाउनुपनि हुँदैन् ।

त्यस्तो खालको कुराहरुमा कहिपनि सम्झौता गर्न सकिदैन् । र त्यसको स्ट्याण्डर्ड भनेर भनेको त्यसको मापदण्ड भनेको संघ प्रदेश र स्थानीयमा एउटै हुनुपर्दछ । जहाँसम्म प्रधानमन्त्रीको सम्बोधनमा लामो दुरीका शब्दका कुराहरु अथवा बोर्डर शिलकै बारेका कुराहरुमा पनि अति कडा जाँच गरेर भन्ने शब्द प्रयोग भएको यि सबै खालका कुरामा मलाई लाग्छ यो चाहिं विचार पु¥याएरै नियत बस नै ति शब्दहरुको प्रयोग भएको होला भन्ने मलाई लाग्छ । जस्तो उदाहरणको लागि अहिले बोर्डर सील गर्नुपर्छ भारत र नेपालको बिचमा बोर्डर सील गर्नुपर्छ भन्ने नै लाग्छ । तर कति व्यवहारीक छ त ? हिजो मात्रै गड्डा चौकिको कुरा गर्ने हो भने त्यहाँ बिसौं हजार मान्छे भारतबाट नेपाल भित्रिएको अवस्था हो ।

त्यो नेपालबाट भारत जानेहरु स्थायी प्रकृतिका पनि होइनन ती कतिपय सिजनल प्रकृतिका मानिसहरु अहिले कोरोनाको सन्त्रासको कारणले फर्किरहेका मात्रै पनि होइनन् । अव निकट भविश्यमै चैते दशैं आउँदै छ स्वभाविक रुपले चैते दशै पनि हामीलाई बडादशैं पछाडिको एउटा ठुलो चाड हो । त्यसलाई पनि महत्व दिएर आइरहेकै पनि हुन भन्ने पनि बुझ्नु पर्दछ । अव क्वारेन्टाइनको कुराहरु गर्दा खेरी चाहिं हामी सेल्फ क्वारेन्टाइनको पनि अभ्यास भइराखेको पाइराखेका छौं र त्यो पनि हामीले अभ्यासमा ल्याउनै पर्दछ ।

अहिले स्वयंसेवकीय रुपबाट र स्वयं घोषित क्वारेन्टाइनमा बसेको छु भनेर नेताहरु देखि लिएर धेरै जिम्मेवार मान्छेहरु बसेको सम्म पनि मैले सुनेको छु । त्यसैले बोर्डरको कुराकानी गर्दा यस्तो बेलामा राष्ट्र राष्ट्र बिचको बोर्डर सील भन्दा पनि महामारी र जनता बिचको शिलबन्दीको कुरा हो । एकप्रकारले भन्नेहो भने महामारी त कुनै हालतले पस्न भएन् । महामारी पस्न नदिनका निम्ती कि त भारत मै ति नेपाल प्रवेश गर्ने मानिसहरुको राम्रोसँग परिक्षण हुनप¥यो ।

अनि पहिचान भयो भनेदेखि उपचारको निम्ती हुन प¥यो र त्यहि अनुसारको रिपोर्टीङ हुने व्यवस्था हुनुप¥यो । होइन भने नेपाल आइसकेपछाडि गर्नै प¥यो । र कथंमकदाचित त्यस्तो नगरिकन घर प्रवेश गर्नेखालको स्थिति भयो भनेदेखि के हुन्छ भनेर भन्दा नहुँदा सम्म त राम्रो कुरा भयो हामी कामना पनि गरौं त्यस्तो कहिले पनि नहोस तर सँधै नहुन सक्छ हुनपनि सक्छ भयो भने के गर्ने एकजना मानिस संक्रमित भएर आउँदा उसले सबैभन्दा पहिला आफ्नो घरपरिवार नष्ट गर्छ । ध्वस्त बनाउँछ सबैलाई मार्छ आफुपनि मर्छ । त्यसपछि आफ्नो छिमेकहरुलाई पनि मार्छ र ध्वस्त बनाउँछ । त्यसो भएको हुनाले यसमा कहिंपनि मोलाहिजा गर्ने कुराहरु हुँदैन ।

सार्वजनिक सञ्चारको कुरागरौं । सञ्चारमा अवरोधहरु देखिएको छ । सरल ढंगले सरकारले लिएका नीतिहरु जनतासम्म केही त पुगेकै छैनन् । जति पुग्नुपर्ने हो पुगेकै छैन्। त्यसले गर्दा भ्रम सिर्जना हुने अत्तालिने, जस्तो अहिले बजारमा खाद्यान्न पसलमा वा ग्यास पसलमा देखिएको लाइन, पेट्रोलियम पदार्थ प्रयोगकर्ताहरुले स्टक राख्ने त्यस्ता कुराहरु, त्यस सँगसँगै कालोबजारी बढेका कुराहरु र त्यो पनि किन्न बाध्य भएका कुराहरु यि सबै देखिराखेका छौं । हामीले कताकता सञ्चारमापो अवरोध आयोकी अथवा उचित भएनकी यसलाई कसरी हेर्नुभएको छ । संकटको बेलामा सञ्चार सघनता कसरी बढाउने ?

सायद मैले अघि पनि भनेको कुरासँग जोड्यो भने यसको उत्तरले पूर्णता पाउँछ जस्तो मलाई लाग्छ । अरु देश जस्तो होइन नेपाल देश चाहिं अरु मुलुकका जनताहरु जस्ता होइनन् नेपाल देशको नेपाल राष्ट्रको जनताहरु धेरै नै उत्थानशिल छन भन्ने म कुन अर्थमा भन्न चाहन्छु भने पटकपटकको हामीले ठूल्ठूला भूइचालो लगायतका विपदहरु भोगेका छौं । ठूल्ठूला बाढी र पहिरोजन्य विपदहरु हामीले भोगेका छौं । सशस्त्र द्वन्द्वजस्तो दश वर्षको युद्ध हामीले सामना गरेका छौं भोगेका छौं । हामीले बेलाबेलामा नेपाल बन्द जस्ता अभ्यासहरु पनि हामीले भोगेका र त्यसमा पनि अभ्यस्त भएका छौं ।

पाँच छ महिना सम्मको भारतको नाकाबन्दीलाई पनि हामीले सामना गरेका छौं । त्यसै कारणले गर्दाखेरी नेपाली जनताहरु स्वभाविक रुपले यस्ता खासखास घटनाहरुबाट आत्तिदैनन् । नआत्तिने शैली हेर्दा, नआत्तिने व्यवहार हेर्दा अन्यत्र मुलुकका जनताहरु भन्दा हाम्रो जनताहरु नेपालीहरु ज्यादा उत्थानशिल छन् रिजलेन्ट छन् भन्न सकिन्छ । जहाँ सम्म यतिवेला मिडियाको कुरा छ नेपालको मिडियाहरु अन्यत्रको भन्दा जिम्मेवार छन् भन्ने अर्थमा पनि म लिन चाहन्छु ।

केही अपवाद बाहेक धेरै जसो मेनस्ट्रिम मिडियाहरु जसले योगदान गरिरहेका छन् । चाहे त्यो डेमोक्रेसीका बेलामा होस चाहे ठूल्ठूला विपदको कुरामा होस चाहे अव हुने सम्भावनाका अनेक खालका कुराहरुमा होस यो सबै खालको कुराहरुमा नेपाली मिडियाले अबलम्बन गर्दै आइरहेको तौर तरिकाहरु र उनिहरुको कन्ट्रिब्युसन, उनिहरुको योगदानलाई म एक प्रकारले भन्ने हो भने सम्मान गर्न चाहन्छु । जहाँसम्म यस्तो बेलामा अनेकौं प्रकारका उद्देश्यबाट प्रभावित भएर अथवा नियत खराब भएका केही व्यक्तिहरुले, अवान्छित खालका तत्वहरुले केही प्रयत्नहरु गर्छन् ।

ज्यादा कमाउनका लागि कोसीस गर्ने । हामीले सुनिहाल्यौं मास्क कै बारेमा भएका गतिविधिहरुपनि मान्छेहरु के गर्न चाहँदा रहेछन भन्नेपनि देखियो । सरकारले जे गरिरहेको छ यसको सूचना प्रवाह तलसम्म गर्दा जिम्मेवारी पूर्वक ढंगले लिएर गइदिने एउटा काम त्यो गर्ने र जोजसले यस्ता खालका अफबाह फैलाउने जे खालको विक्रीति मच्चाउने खालका कामहरु गरिराखेका छन कहिले कहिले के मज्जा आउँछ भनेर भने सरकारको बिरोधमा ज्यादा यसरी मान्छेहरु आक्रोशित भएर आएको रमाइलै हुन्छ । तर जति रमाइलो मानिरहेको अवस्था हामीलाई हुन्छ त्यतिनै त्यसले अर्को परिणाम पनि ल्याइरहेको हुन्छ । त्यस्तो परिणाम ल्याउने खालको कुराहरु भनेको चाहिं त्यो अपराधपूर्ण काम हो । त्यस्तो खालको कुराहरु रोकिनु पर्छ र कसैले पनि त्यस्तो खालको काममा त्यसलाई प्रशय दिनु हुँदैन् ।

सरकारलाई केही भन्नुहुन्छ ?

सरकार अब अहिले गरेको काममा मैले अहिले जे गरेको छु भनेर ढुक्क हुने कुरा छैन् । सरकारकै कामका गतिविधिबाट पनि कहिले कहिले यस्तो भ्रम पैदा हुने यस्तो प्यानिक सिर्जना हुने एउटा संत्रास भड्कने यस्तो खतरा हुन्छ । आज भन्दा १० दिन अगाडिको कुरा गर्ने हो भने सञ्चार माध्यम कै कुरा हो सरकारले केहीपनि गरेन, बुद्धिजिवीकै कुराहरु हो सरकारले केहीपनि गरेन, प्राज्ञ वौद्धिक व्यक्तित्व भनिनेहरुबाट पनि त्यस्तै खालका कुराहरु आएको थियो सरकारले एकदम कानमा तेल हालेर बस्यो आदि इत्यादि । सम्माननिय प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएर घर फर्कदाको दिनमा पनि त्यो दिनको जुन परिदृश्य हामीले देख्छौं ।

त्यसमा पनि थुप्रै असावधानीहरु देखियो सरकारको त्यति ठूल्ठूलो जिम्मेवार मान्छेहरु भनेर भनिएकाहरुबाट पनि यसको पनि यथेस्ठ आलोचनाहरु भए । अनि सरकार जव सक्रियतापूर्वक यसमा लाग्न थाल्यो जव सम्माननिय प्रधानमन्त्री ज्युले नै अव नागरिकका नाउँमा सम्बोधन गर्ने खालको एउटा स्थिति बन्यो, सार्क स्तरको राष्ट्र प्रमुखहरुको भिडियो कन्फ्रेन्सबाट सम्बोधन हुने काम भयो र प्रतिवद्धता जायर हुने खालको कामहरु भयो । माननिय उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा एउटा कोअर्डिनेशन कमिटि नै बनेको छ ।

आज सम्म आइपुग्दा ६ जना मन्त्रीहरुको बेग्ला बेग्लै टास्क फोर्सहरु बनेका छन् । यसो हेर्दाखेरी चाहिं पूर्व तयारीको व्यापक कामहरु भएको छ । अव फेरी मान्छेहरु के भन्न थालेका छन भने यसो बसतिर भिडभाडमा सुनौं, तरकारी किन्न गएका मान्छेहरुको भिडभाडमा सुनौं, टेम्पो चढने बेलामा भिडभाडमा सुनौं अथवा बस वेटिङ गरिरहेको बेलामा प्रतिक्षालयमा सुनौं भने त्यसमा एकदम सामान्य ज्ञान कमजोर भएको अवस्था जस्तो हुन्छ नी त्यही मान्छेहरु टिप्पणी गरिरहेको जस्तो पनि सुनिन्छ । भनेपछि के बुझ्न सकिन्छ भन ेसरकार ज्यादा सक्रिय भएका बेलामा पनि यसको म्यासेजिङ ठिक ढंगले गइरहेको रहेनछ भन्ने खालको कुराहरु बुझ्नुपर्ने हुन्छ । त्यसको लागि के गर्न प¥यो त भन्दा आधिकारीक निकायहरु को हुन जस्तो उदाहरणको लागि यस्तो इमरजेन्सीको निम्ती ज्यादा तम्तयार अवस्थामा को रहन प¥यो भन्दा दुईवटा इमरजेन्सी अपरेटिङ सेन्टरहरु रहन्छन् ।

एउटा गृह अन्तर्गत रहेको नेशनल इमरजेन्सी अपरेसनल सेन्टर र अर्को स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर यो दुइवटै अपरेसन सेन्टरहरु चलाउने भनेर भनेको को हो भन्दा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय हो । गृह मन्त्री र स्वास्थ्य मन्त्री अनि अहिले सरकारले उपप्रधानमन्त्री ज्युको अध्यक्षतामा बनाएको उच्चस्तरीय संयन्त्र छ, कोअर्डिनेशन कमिटि छ । त्यो कोअर्डिनेशन कमिटिले बिहान एकचोटि बेलुका एकचोटि अथवा कमसेकम दिनको एकचोटि त्यो बेलुकाको समय हो की त्यो दिनभरीमा कहाँ कहाँ के के भयो कसो कसो भयो हामीले के गरेका छौं यद्यपी उदाहरणको लागि आइसोलेसन सेन्टरहरु नै बनाएछौं रे, क्वारेन्टाइन सेन्टरहरु नै हामीले बनायौं रे हामीले टेस्टको लागि यति खालका किटहरु हामीले परिचालन गरेका छौं यति हाम्रा कर्मचारी परिचालित भएका छन् । यति डक्टरहरु परिचालित भएका छन भन्ने यस्ता खालका कुराहरु चाहिं आधिकारीक रुपमा यसको प्रेसमिट हुनुप¥यो के त्यस्तो पनि वहाँहरुले गरिराख्नु भएको छैन् । आज पनि केही मन्त्रीहरुलाई भेटेर वहाँहरुलाई त्यहि सुझाव दिए । तपाईहरुले गर्नभएको कामहरुको ठिक ढंगले मेसेजिङ भइराखेको छैन् । काम असाध्यै राम्रो गर्नुभएको छ त्यो स्वागत योग्य कुरा हो । तर त्यो ठिक ढंगको सन्देश प्रवाह संप्रेषण हुन सकेन भने तल सम्म जाँदा खेरी भय त्रास सिर्जना गर्छ नी । उदाहरणको लागि लामो दुरीको सम्पूर्ण गाडिहरु बन्द भनेर भन्दिने खालको कुराले मन्छेमा लामो दुरी भनेर भनेको कति भनेर परिभाषीत गर्ने भन्ने कुरा आयो कि आएन् ।

फेरी मान्छेहरु काठमाडौं छोडेर बाहिर जाँदै छन त्यो मान्छेहरुले टिकट पाएन भन्ने खालका कुराहरु त्यसले फेरी अर्को खालको गन्जागोल सिर्जना गर्दैन यस्तो खालका कुरा एउटा चिज भनेर म्यासेजिङ गरेर त्यसको अर्को दशवटा भयाभह निम्त्याउने खालको काम सरकारले गर्नु त हुँदैन् । त्यसो भएको हुनाले सरकारको म्यासेजिङपनि ठिक ढंगको हुनुप¥यो । सम्माननिय प्रधानमन्त्री ले नै बोलिसक्नुभएपछि बोल्ने कुरामा सरकारले पहिले नै होमवर्क गरेको हुनप¥यो अनि प्रधानमन्त्रीले बोलेका प्रत्येक शब्दलाई पछि परिभाषित गर्दै अर्को मन्त्रीले बोल्नुपर्ने खालको अर्को टास्क फोर्स बनाउनु प¥यो भने यो त अदुरदर्शिता देखिन्छ । त्यसो भएको हुनाले सरकारले पनि आफ्नो विभिन्न विज्ञहरुलाई राखेर आफ्ना मन्त्री स्वयं आफैमा चाहिं वहाँहरु यस कुराहरुमा धेरै कुराहरु जान्नुहुन्छ ।

वहाँहरु अध्ययन गर्नुभएको छ । वहाँहरुले धेरै क्षेत्रबाट सूचना लिइराख्नुभएको छ । आफ्ना अंगहरु सबैलाई परिचालन गर्नुभएको छ । भनाइएको मतलब प्रशासनिक, प्राविधिक र अन्य अंगहरुलाई । त्यो चिजहरु समग्रमा सरकारको काम भित्र यसरी हामीले ग¥यौं भनेर एकिकृत रुपमा त्यसको संप्रेषण हुनुपर्दछ र सरकारले त्यो काम गरोस भनेर मलाई लाग्छ । नागरिक समाज असाध्यै जिम्मेवार बन्नुप¥यो र अहिले जो जो फुर्सदमा भएका छौं जस्तो हामीहरु सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर एक प्रकारले लाखौं विद्यार्थीको एसईई परिक्षा रोकेका छौं । विश्वविद्यालयका परिक्षा हामीले रोकेका छौं , विश्व विद्यालयहरु बन्द गरेका छौं । सात दिनको निम्ती अत्यावस्यक सेवा बाहेक सरकारी सेवाहरु नै ठप्प बनाइ दिएका छौं ।

अहिले एक प्रकारले भन्ने हो भने सात आठ दिन सम्म जो बेरोजगार छन ति सबै मान्छे कुनै न कुनै हिसाबले परिचालित हुनुप¥यो । ति परिचालित हुने कुन अर्थमा भनेर भन्दाखेरी महामारी आइहाल्यो भनेर भन्दा त्यस्तो अवस्थामा हामीले आत्तिने होइन त्यसलाई सामना गर्न हामी तयार छौं । हामी तयारी अवस्थामा छौं । र युद्ध जित्नका निम्ती हामी जस्तोसुकै मूल्य चुकाउन हामी तयार छौं भन्ने हिसाबले सन्देश प्रवाह गर्नेगरीकन काम हुन प¥यो नी लाखौं र करोडौंको संख्यामा मान्छेहरु परिचालित हुने खालको कुराको सरकारले अगुवाई र नेतृत्व गर्नुप¥यो ।

उसले सबै कुरा गर्न भ्याउँछ सबै कुरा उसँग सम्भव हुँदैन । सरकारको यस्तो बेलाको कामको जे खालको डेलिभरी छ त्यसलाई मात्रै सन्तोस गरेर बस्न हुँदैन् । र सरकारले मात्रै त्यो काम गर्नै सक्दैन् । त्यसैले जिम्मेवार ढंगले आम नागरिक लाग्नुप¥यो मिडिया लाग्नुप¥यो प्राइभेट संगठनहरु लाग्न प¥यो मेरो विचारमा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *