तीन एआईजीलाई खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनजनालाई प्रहरी प्रधानकार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान लगाइएको छ। कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधानकार्यालयले खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो।
एआईजीमा बढुवा भएका तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रधानकार्यालयको खुला चौरमा टेण्ट टाँगेर दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन एआईजीमा बढुवाका लागि लम्साल, क्षत्री र पालको नाम सिफारिस गरेको थियो । दर्ज्यानी चिन्ह पाएलगत्तै तीनैजना एआईजीको पदस्थापनसमेत भएको छ । लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी), क्षत्री मानवस्रोत तथा प्रशासन विभाग र पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन्।
Facebook Comment