लकडाउनमा ३ सय बढी ग्राहककको लाइन, २ सय पनि छैनन् सिलिण्डर
काठमाडौं। रकारले कोरोनाभाइरसको प्रकोप रोक्न मानिसहरुलाई एकै ठाउँमा जम्मा नहुन भनेको भए पनि अनामनगरमा भने ग्यास लिने नाममा ३ सय भन्दा बढी ग्रहकहरु लाइन लागेका छन् । यहाँ रहेको नेपाल ग्यासको डिपोमा ग्यासको सिलिण्डर लिन यति ठूलो संख्यामा ग्राहक जम्मा भएका हुन् ।
डिपो संचालकले भने आज १९५ सिलिण्डर मात्र आउने भएकोले सबै ग्राहकलाई ग्यास उपलब्ध गराउन नसक्ने बताएका छन् । यी ग्राहकहरुले बिहान ८ बजेदेखि कुरिरहेका थिए । दिउँसो १ बजे मात्र ग्यास वितरण सुरु गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment