कोरोना भाइरस : जनावरबाट मानव शरिरमा आउनुको रहस्य

डिसी नेपाल
१६ चैत २०७६ २१:१७

बेइजिंग (बीबीसी)। संसारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजारभन्दा धेरै पुगिसकेको छ। तर। हालसम्म स्पष्ट रुपमा कोही विशेषज्ञ वा वैज्ञानिकहरुले कोरोना भाइरस कहाँबाट आयो भन्न सकिरहेका छैनन्। यसलाई लिएर धेरै किसिमका मान्यताहरु छन्। केही मासिनहरु योचीनको वेट मार्केटबाट आएको विश्वास गर्छन्। चीनमा कैयौं जंगली जनावरको उपयेग खान र औषधिका लागि हुन्छ। कोरोना भाइरस त्यहाँबाटै मानिसहरुमा आएको हो।

त्यो बेलासम्म चमेरोलाई कोरोना भाइरसको मुल स्रोत मानिएको थियो। तर्क दिइएको थियो की चीनको वुहानमा जनावरको बजारबाट यो भाइरस केही मानिसहरुमा पुग्यो र त्यसपछि पूरा संसारमा फैलियो।

यसपछि एक अनुसन्धानमा भनियो, मानिसहरुमा यो भाइरस शालकबाट आएको हो। यसलाई लिएर एक अनुसन्धान पनि भयो। यस अनुसन्धानमा भनियो की शालकबाट यस्ता भाइरस भेटिएका छन् जो कोरोना भाइरससँग मिल्दोजुल्दो छन्। तर, यो अनुसन्धान पनि अहिले शुरुआती चरणमा छ। अनुसन्धानकर्ताहरुले शालकमाथि अतिरिक्त ध्यान राख्न सुझाव दिएका छन्। किनकी कोरोना भाइरस उजागर र त्यसको भुमिका तथा भविष्यमा मानिसहरुमा त्यसको संक्रमणको जोखिमबारे पत्ता लगाउन सकियोस।

अब जब यो भाइर संसारभर फैलिएको छ, केही मासिनहरु यसलाई चीनले आविष्कार गरेको जैविक हतियार भन्छन्। अमेरिकी राष्ट्रपति पटक पटक कोरोना भाइरसलाई चिनियाँ भाइरस वा वुहान भाइरस भनेका छन्। यस कोन्सपिरेसी थ्योरीलाई हालका दिनमा थप बल किन पनि मिलेके छ भने, संसारमा जहाँ लकडाउन भइरहेको छ, उता दुई महिनासम्म लकडाउन गरिएको वुहानमा प्रतिबन्ध हटाउन लागिएको छ।

सामाजिक सञ्जालमा त यहाँसम्म भनिएको छ की, मौजुदा समयमा चीनको वुहान शहर सबैभन्दा सुरक्षित शहर हो। जबक करीब तीन महिना पहिला यहिँबाट कोरोना भाइरसको जन्म भएको थियो।

तरयस कोन्सपिरेसी थ्योरीलाई पनि चुनौति दिइएको छ। क्यालिफोर्नियास्थित जेनेटिक सिक्वेन्सलाई लिएर भएको एक अनुसन्धानमा यस कुराको सम्भावनालाई लिएर अस्वीकार गरिएको छ की, यसलाई प्रयोगशालामा तयार गर्न सकिन्छ। वा जेनेटिक इन्जिनियरिंगबाट बनाउन सकिन्छ। यस अनुसन्धानले जो कोन्सपिरेसी थ्योरी चलिरहेको थियो त्यसलाई पनि चुनौति मिल्छ।

कोरोना भाइरसबारे जो एक कुरा स्पष्ट छ त्यो हो,यो क्रमिक विकासको नतिजा हो। यस्तोमाा यो तर्क धेरे बढि थाहा हुन्छकी यो भाइरस मानिसमा जनावरबाट आएको हो।

वैज्ञानिकहरुको तर्कअनुसार संक्रमित जनावर मासिनको सम्पर्कमा आयो र एक व्यक्तिमा त्यसबाट रोग आयो। यसपछि वाइल्ड लाइफ मार्केटका मजदुरबाट यो फैलिन थाल्यो। र यसैबाट वैश्विक संक्रमणको जन्म भयो।

वैज्ञानिकहरु यसै भनाईलाई सही साबित गर्न लागिपरेका छन्। जुलोजिकल सोसाइटी अफ लन्डनका प्राध्यापक एंड्रुय कनिंगमले घटनाहरुको सम्बन्ध जोड्ने काम भइरहेको बताउँछन्। तर प्रश्न के छ भने, हामीहरुले यसको संक्रमण फैलिएकोबारे कति जानकारी पाएका छौं? जब वैज्ञानिक नयाँ भाइरसका विरमीकाृ शरीरबाट बुझ्न पाउँनेछन्, चीनका चमेरो वा शालकलाई लिएर स्थिति स्पष्ट हुनेछ।

तर, एक ठूलो प्रश्न यो पनि छ की जनावर कुनै मानिसलाई कसरी विरामी बनाउन सक्छन्? यदि गएका ५० वर्षको तथ्यांक हेर्ने हो भने जनावरहरुबाट मानिसहरुमा संक्रमणका घटना बढेका छन्। १९८० मा वनमानिसबाट आएको एचआईपी एड्स संकट, २००४देखि ०७ मा पक्षिंहरुबाट हुने बर्ड फ्लू र त्यसपछि २००९ मा सुंगुरबाट आएको स्वाइन फ्लू, जनावरबाट आएका यी सबै संक्रमणले संसारलाई प्रभावित बनाएका छन्।

तर यदि हालका वर्षको कुरा गर्ने हो भने सार्स सबैभन्दा खतरनख संक्रमणका रुपमा अगाडि आएको छ। सिभियर अक्यूट रेस्पाइरेटरी सिन्ड्रोम अथवा सार्स चमेरोबाट आएको हे। सिभेट्सबाट पनि । तर यदि चमेरोको कुरा गर्ने हो भने इबोला संकटलाई पनि भुल्न सकिँदैन।

जनावरबाट मानिसहरुलाई संक्रमण हुनु अब कुनै नयाँ कुरा होइन। यदि विचार गर्ने हो भने धेरैजसो नयाँ संक्रमण देखिएका छन्, ती वन्य जीवहरुबाटै मानिसहरुमा फैलिएका हुन्।

तर पर्यावरणमा भइरहेको लगातार र तिब्र परिवर्तन यस संक्रमणको दर बढाइरहेको छ। हरेक दिन बढ्दो र बदलिँदो शहर र अन्तर्राष्ट्रिय यात्राहरु संक्रमणलाई बढाउन कारण बनिरहेका छन्। यसकै कारणले संक्रमण दर निकै तिब्र भएको छ।

तर, एक प्रजातिको रोग कनै अर्को प्रजातीमा कसरी पुग्छ? अधिकांश जनावरहरुम रोगाणुहरुको एक सम्बन्ध हुन्छ। उनीहरुको शरीरमा रहेको मौजुदा भाइरस र व्याक्टिरिया विरामीको कारण बन्छन्। यी रोगाणुहरुको क्रमिक विकास र जीवित रहने क्षमता उनीहरुको नयाँ होस्टमा निर्भर गर्छ। एक होस्टबाट अर्को होस्टमा जानु यस क्रमिक विकासको नै एक तरिका हो।

जब यी रोगाणु कुनै नयाँ होस्टको शरीरमा प्रवेश गर्छन् त त्यो नयाँ होस्टको रोग प्रतिक्षा प्रणाली त्यसलाई मारेर बाहिर गर्ने कोसिस गर्छ। यसको सिधा अर्थ रोगाणु शरीरमा प्रवेश गरेपछि होस्टको शरीरमा एक इवोल्युशनरी गेमु शुरू हुनछ। यस खेलमा होस्ट र रेगाणुबीच एक अर्कामाथि हावी हुने प्रयास हुन्छ।

उदाहरणका रुपमा जब २००३ मा सार्सको महामारी फैलिएको थियो, संक्रमित भएका करीब १० प्रतिशत मानिसको मृत्यु भएको थियो। यसको तुलनामा परम्परागत फ्लू महामारीबाट ०.१ प्रतिशतभन्दा पनि कम मृत्यु रेकर्ड भएको थियो।

तिब्रताका साथ परिवर्तन भइरहको पर्यावरणले जनावररुको निवासलाई यात खोसेको छ यात फेरि परिवर्तन गरिदिएको छ। यसकै कारण उनीहरुको बस्ने तरिका पनि परिवर्तन भएको छ। खाने र बाँच्नेको तरिका पनि बदलिएको छ। तर यो परिवर्तन मात्र जनावरमा सिमित छैन।

मासिनहरुको पनि बस्ने तरिकामा निकै परिवर्तन भएको छ। संसारको करिब ५५ प्रतिशत जनसंख्या शहरमा बस्छ। यो गएको ५० वर्षमा ३५ प्रतिशतले बढेको हो। तिब्ररुपमा भइरहेको शहरीकरणले जीवहरुको नयाँ घर बनेको छ। मुसा, छेपारो, माउसुली, चरा, स्याल, बाँदरजस्ता जीव अब मानिसहरुसँगै हरिया पार्कहरुमा देखिन्छन्। उनीहरुको खानेपिनेको व्यवस्था मानिसहरुले फालेको वा छोडेको खानेकुराले हुन्छ।

कैयौ. यस्ता उदाहरण छन्, जसमा वन्य जीव जंगलको तुलनामा शहरमा सहज जीवनयापन गर्न सफल भएका छन्। यसको ठूलो कारण यो हो की शहरमा यिनीहरुलाई सजिलै खानेकुरा पाइन्छ। तर, उनीहरु नयाँ विरामीलाई जन्म दिने कारक पनि भएका छन्।

सबैभन्द धेरै खतरा केबाट?

जब कुनै रोगाणु कुनै नयाँ होस्टको शरीरमा प्रवेश गर्छ, त उ ज्यादा खतरनाख हुन्छ। र यही कारण हो की जब केही रोग शुरुआती चरणमा हुन्छ त्यो धेरै घातक हुन्छ। कैयौं समूदाय यस्ता हुन्छन् जो अन्य प्रजातिको तुलनामा निकै धेरै छिटो यसको चपेटामा पर्छन्।

शहरमा बस्ने गरीब मानिसहरु, जो धेरैजसो साफ सफाईको काममा लाग्छन्, उनीहरु संक्रमित हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ। यसबाहेक रोग प्रतिरोधक क्षमता पनि कमजाोर हुन्छ। किनकी उनीहरुको खानेकुरामा पौष्टिक तत्वको कमी हुन्छ। यसबाहेक सफाईको कर्मी, दुषित वायु र पानी पनि एक ठूलो कारण हुन्छ। र सबैभन्दा दुखद् गरिबहरु उपचारका लागि खर्च जुटाउन सक्दैनन्।

ठूला शहरमा संक्रमण फैलिने सम्भावना पनि धेरै हुन्छ। शहरमा घना वस्ती हुन्छ। सफा हावा पनि कम हुन्छ। यस्तो मानिसहरु त्यहि हावा स्वासप्रस्वासमा लिन्छन् र त्यही स्थानबाट जान्छन् जहाँ कुनै संक्रमित व्यक्तिबाट दुषित भएको हुन्छ।

संसारका धेरै भगमा मानिस अर्बन वाइल्ड लाइफको उपयोग खानका लागि पनि गर्छन्। ती शहरमा नै पालिएका जीवहरुको या शिकार गर्छन् वा आसपासका क्षेत्रबाट समातेर ल्याएका र सुकाएर फ्रिज गरिएका जनावर खान्छन्।

रोगले हाम्रो जीवन कसरी परिवर्तन गर्छ?

यदि कुरा कोरोना भाइरको गर्ने हो भने त, यसको कारण धेरैजसो देशहरुले आफ्नो सीमा बन्द गरिदिएका छन्। हवाई यात्रामा प्रतिबन्ध लगाइएको छ। मानिसहरु एकअर्काबाट कुरा गर्न, सम्पर्कमा आउनबाट जोगिरहेका छन्। किनकी डर छ, संक्रमित भइन्छकी। यो आफैमा एक त्रासदीपूर्ण अनुभव हो।

२००३ मा सार्सको महामारीका कारण ग्लोभल अर्थतन्त्रमा ६ महिनाका लागि ४० अर्ब डलरको भार आएको थियो। यसको ठूलो भाग स्वास्थ्य सुविधान प्रदान गर्नमा गएको थियो। यसका साथै मानिसहरुको आवागमन बन्द थियो र आर्थिकस्तरमा पनि घाटा भएको थियो।

हामी के गर्न सक्छौं?

समाज र देशका सरकाररु प्रत्येक नयाँ संक्राम रोगको उपचार एक स्वतन्त्र संकटका रुपमा गर्छन्। यो गर्नुको सट्टाकी संसार कसरी परिवर्तन भइरहेको छ। जति धेरै हामी आफ्नो पर्यावरणलाई परिवर्तन गर्नेछौं त्यति नै धेरै हामी धरतीको पारिस्थितिक प्रणालीलाई नोक्सान गर्नेछौं। जसले रोगको सम्भावना पनि बढ्नेछ।

अझैसम्म संसारका मात्र १० प्रतिशत रोगाणुलाई डक्युमेन्टेड गरिएके छ। यसैले अर्को रोगाणुको पहिचान गरेर उनीहरुको स्रोत पत्ता लगाउनका लागि धेरै संशाधनको आवश्यकता छ।

यसको अर्को पक्ष पनि छ। कैयौं शहरवासी वन्यजीवनलाई महत्व दिन्छन् तर यस कुराको पहिचान हुनु पनि आवश्यक हुन्छ की केही जनावर यसको सम्भावित नोक्सान पनि भोग्छन्।

यसका साथै यस कुरा पनि ध्यान दिनुपर्छ की के कुनै जंगली जनावार नयाँँ नषँ शहरमा देखिएका छन्? मानिसहरु कुन वन्यजीवहरुलाई मारेर खाइरहेक छन् वा फेरि बजारम कुन जनावर बेचिएका छन्।

भविष्यमा पनि हुने छ महामारी

जुन किसिमले हरेक वर्ष नयाँ रोग अगाडि आइरहेकाछन् र महामारीको रुप लिइरेका छन्, यो हामीलाई आगामी दिनका लागि बलियो पनि बनाइरहेका छन्। र यसकुरालाई अस्वीकार गर्न सकिँदैन की महामारी आगामी वर्षमा पनि देख्न पाइने छ। करिब एकसय वर्ष पहिला स्पेनिश फ्लूले संसारको एकतिहाई जनसंख्या प्रभावित भएको थियो। र करिब पाँचदेखि १० करोड मानिसको मृत्यु भएको थियो।

वैज्ञानिक तरिकाको आविष्कार गरेर र वैश्विक स्वास्थ्यमा लगानी गरेर भविष्यमा यदि यस्तो फेरि भयो भने त्यसलाई राम्रो ढंगले सम्हाल्न सकिन्छ। तर जोखिम त्यो बेला झन विनाशकारी हुन्छ, जब त्यस्तो फेरि होस जो पहिला पनि भएको हुन्छ। यो संसारलाई फर्केर हेर्नेखालको हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *