आज अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ बढ्यो

डिसी नेपाल
१७ चैत २०७६ ६:३२

काठमाडौं । आज चैत १७ गते सोमबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर बढेको छ । यस्तै आज कुवेती र बहराइन दिनारको भाउ भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ १६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ६६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ ६० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ७० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *