कोरोना महामारी: इटलीभन्दा स्पेनमा धेरैको मृत्य, धेरै संक्रमित

काठमाडौँ । कोरोना भाइरसको महामारी भइरहेको इटलीको भन्दा स्पेनमा धेरै मानिसले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा इटलीमा ७५६ जनाको ज्यान गएको छ भने स्पेनमा ८२१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । २४ घण्टामा इटलीमा भन्दा स्पेनमा ६५ जना जना बढी मानिसको ज्यान गएको हो।
यस्तै हिजो इटलीमा भन्दा स्पेनमा कोरोना संक्रमितको संख्या पनि बढी छ । इटलीमा हिजो ५ हजार २ सय १७ जना मानिस नयाँ संक्रमित भएका छन् भने स्पेनमा ६ हजार ८ सय ७५ जना संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुगेको छ भने स्पेनमा ८० हजार १ सय १० पुगेको छ ।
२४ घण्टामा इटली र स्पेनको अवस्था
जसमध्ये हालसम्म कोरोना भाइरसको संक्रमणबाट इटलीमा १० हजार ७ सय ८९ र स्पेनमा ६ हजार ८ सय ३ जना मानिसको ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ३३ हजार ९ सय ५६ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख ५१ हजार ४ जना मानिस उपचारपछि घर फर्किएका छन् ।
Facebook Comment