कोरोनाः बाँकी विश्वको तुलनामा चीनमा निको हुने बिरामीको अनुपात ७० प्रतिशत बढी
काठमाडौं। कोरोनाभाइरसको सुरुवात चीनबाटै भएको भए पनि अहिले भने चीनले कोरोनाभाइरसलाई लगभग पराजित गरिरहेको छ । चीन अहिले कोरोनाभाइरको प्रकोपबाट बाहिर निस्किएर सामान्य अवस्थामा फर्किंदैछ । बाँकी विश्व भने अहिले यो भाइरसका कारण आक्रान्त छ । अहिलेसम्म चीनमा कोरोनाभाइरस संक्रमितमध्ये ९२ प्रतिशत बिरामी ठिक भइसकेका छन् । अर्कोतर्फ बाँकी विश्वमा भने संक्रमणपछि ठिक हुने बिरामीको अनुपात २२ प्रतिशत मात्र छ ।
१ मार्चमा विश्वभर कोरोना संक्रमितहरुको संख्या ८८ हजार पुगेको थियो । तीमध्ये ८० हजार संक्रमित चीनका मात्र थिए । २९ मार्चसम्म आइपुग्दा बाँकी विश्वमा ६ लाख ७७ हजार र चीनमा ८२ हजार १२२ संक्रमित भएका छन् । कोरोनाभाइरस चीनबाट फैलिन सुरु भएको थियो र सुरुवाती दिनमा कूल संक्रमितको ९० प्रतिशत चीनमा मात्र थिए । अहिले भने चीनमा भएका संक्रमित कूल संक्रमितको १२ प्रतिशत मात्र भएका छन् ।
मार्च महिनाका २९ दिनमा विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ७६९ प्रतिशतले बढ्यो जबकि चीनमा भने केवल १ दशमलव ७ प्रतिशत मात्र संक्रमित बढे । मार्चका यी २९ दिनमा मृत्युको संख्या लगातार बढिरह्यो । १ मार्चसम्म विश्वभरमा ३ हजार ५० जनाको मात्र मृत्यु भएको थियो । तीमध्ये ९५ प्रतिशत अर्थात २ हजार ९ सय १२ जनाको मृत्यु चीनमा मात्र भएको थियो ।
२९ दिनपछि चीनमा मृत्यु हुनेको संख्या ३३ हजार पुग्यो जबकि पूरै विश्वमा मृत्यु हुनेको संख्या ३१ हजार ७३५ पुग्यो । मार्चको सुरुमा कूल मृत्यु हुनेहरुमध्ये चीनमा मृत्यु हुनेको संख्या ९५ प्रतिशत थियो तर २९ दिनपछि भने चीनमा कूल मृत्यु हुनेको संख्याको १० प्रतिशतको मात्र मृत्यु भयो । बिरामी उपचारपछि ठिक हुने विषयमा पनि चीन धेरै अगाडि छ । चीनमा अहिलेसम्म कूल संक्रमितमध्ये ९२ प्रतिशत बिरामी ठिक भइसकेका छन् जबकि पूरै विश्वमा भने कूल संक्रमितको केवल २२ प्रतिशत बिरामी मात्र ठिक भएका छन् ।
Facebook Comment