लकडाउन भएपछि पैदल गाउँ हिडेका युवकको २०० किलोमिटर हिँडेपछि बाटोमै मृत्यु

डिसी नेपाल
१७ चैत २०७६ ९:०९

काठमाडौं। लकडाउन भएपछि पैदल गाउँ हिँडेका एक युवकले २ सय किलोमिटर हिँडेपछि ज्यान गुमाएका छन् । भारतमा २१ दिनसम्म लकडाउनको घोषणासँगै सबै यातायातका साधन बन्द भएपछि ती युवक राजधानी नयाँ दिल्लीबाट आफ्नो गाउँ जान पैदल नै हिँडेका थिए । रणवीर सखवार नामका ती युवक मध्य प्रदेशको मुरैनाका थिए । उनी दिल्लीको एक होटलमा डेलिभरी ब्वायको काम गर्थे ।

दलित युवक रणवीरको मृत्यु पैदल हिँड्ने क्रममा हृदयाघातका कारण भएको बताइएको छ । दिल्लीबाट करिब २ सय किलोमिटर हिडेपछि शनिबार उनी आगरा पुगेका थिए । आगराको थाना सिकंदरा क्षेत्रमा रणवीरलाई छातीमा पीडा हुन थाल्यो । त्यसपछि उनको मृत्यु भयो । रणवीर मध्य प्रदेशको मुरैना जिल्लाको अम्बाह तहसलिको बडफरा गाउँका थिए । उनी परिवारका आधा दर्जन सदस्यको जीवन यापनको एकमात्र माध्यम थिए ।

लकडाउन घोषित भएपछि उनलाई होटलबाद विदा दिइएको थियो । लकडाउनका कारण यातायातका कुनै साधन नपाएपछि रणवीर पैदल नै गाउँ हिँडेका थिए । केही मानिसहरु उनको साथमा थिए तर उनीहरु भीडमा छुटे । रणवीर गएको अक्टोबरमा घर बनाएर दिल्ली फर्केका थिए । रणवीरले पत्नीलाई आफू घर आउने जानकारी दिएका थिए । बहिनी पिंकीलाई पनिआफू छिटै घर आउने बताएका थिए । तर, घरसम्मका बाटोको २ तिहाइ हिँडिसकेपछि उनको ज्यान गयो । उनको घर दिल्लीबाट करिब ३ सय किलोमिटर टाढा छ र उनी २ सय किलोमिटर हिँडिसकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *