जापानका चर्चित हास्यकलाकारको कोरोनाले लियो ज्यान
टोकियो, जापान । जापानका लोकप्रिय हाँस्य कलाकार केन सिमुरा नामले परिचित योसुनोरी सिमुराको कोरोना भाईरसका कारण निधन भएको छ ।
सिमुरा गत साता कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी टोकियो स्थित अस्पताल भर्ना भएका थिए ।
७० बर्षका सिमुराको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएपनि उपचारको क्रममा निधन भएको एनएचको टेलिभिजनले समाचार प्रकाशन गरेको छ ।
कोरोनाभाइरसको संक्रमण देखिएपश्चात हस्पिटल भर्ना भएका उनमा न्यूमोनिया देखिएको थियो । उनको हिजो निधन भएको एनएचकेले जनाएको छ ।
सिमुरा जापानका प्रख्यात चलचित्र निर्देशक योजी यामादाको निर्देशनमा निर्माण भइरहेको गड् अफ किनिमाको मुख्य भूमिकामा रहेका थिए । भाईरस संक्रमित पाइएपछी चलचित्रको सुटिङ् पनि रोकिएको थियो ।
केन सिमुराले निप्पोन टेलिभिजनमा ‘जेनियस १ सिमुरा एनिमल गार्डेन’, फुजी टेलिभिजनमा प्रसारण हुदै आएको ‘सिमुरा दि नाइट’ जापानको लोकप्रिय टेलिभिजन कार्यक्रममा प्रसारण गर्दै आएका थिए ।
Facebook Comment