ती गर्भवती महिला जसले सुत्केरी हुने केही घण्टाअघि कोरोनाविरुद्ध ‘अहम हतियार’ दिइन्

नयाँ दिल्ली। कोरोनाभाइरसविरुद्धको लडाइँमा भारतको आलोचना अहिलेसम्म कम संदिग्धहरुको जाँचका कारण भइरहेको छ । तर, अब आशा गरिएको छ कि यो स्थितिमा परिवर्तन हुनेछ । यो परिवर्तनको आशा एक महिला भाइरोलोजिस्टको कोसिसबाट जागेको हो । यी महिला भाइरोलोजिस्टले आफनो बच्चालाई जन्म दिनुभन्दा केही घण्टा पहिले मात्र लगातार काम गरेर भारतको पहिलो ‘वर्किङ टेस्ट किट’ तयार गरेकी छिन् ।
गएको बिहीबार भारतमा निर्मित पहिलो कोरोना भाइरस टेस्टिङ किट बजारमा गएको छ । संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा यो किटको सहयोगले कोभिड–१९ का बिरामहिरुको पहिचान छिटो हुने विश्वास गरिएको छ । पुणेको माइल्याब डिस्कभरी भारतको पहिलो यस्तो फर्म हो जसले टेस्टिङ किट तयार गर्ने र बिक्री गर्ने अनुमति पाएको छ ।
यसले यो हप्ता पुणे, मुम्बइ, दिल्ली, गोवा र बेंगलुरुमा आफ्ना १५० टेस्ट किटको पहिलो शिपिङ पठाएको छ । माइल्याब डिस्कभरीका मेडिकल मामिलाका निर्देशक डा. गौतम वानखेडेले बीबीसीसँग भने ‘हाम्रो उत्पादन युनिट यो सप्ताहान्तमा पनि काम गरिरहेको छ । हामी अर्को खेप सोमबार पठाउनेछौं ।यो मोलिक्युलर डायग्नोस्टिक कम्पनी एचआयभी, हेपाटाइटिस बी र सी सहित अन्य रोगका लागि पनि टेस्टिङ किट तयार गर्छ । कम्पनीले एक हप्ताभित्र एक लाख टेस्टिङ किटको आपूर्ति गर्ने र आवश्यक परेमा २ लाख टेस्टिङ किट तयार गर्न सक्ने दावी गरेको छ ।
माइल्याबले उत्पादन गरेको एउटा किटबाट १ सय नमूनाको जाँच गर्न सकिन्छ । यो किटको मूल्य १२०० भारु पर्छ जो विदेशबाट मगाइने टेस्टिङ किटको मूल्य ४५०० भारुको तुलनामा झण्डै ४ गुणा कम हो । माइल्याब डिस्कभरीकी रिसर्च र डेभलपमेन्ट प्रमुख भाइरोलोजिस्ट मीनल दखावे भोसलेले भनिन् ‘हाम्रो किट कोरोनाभाइरस संक्रमणको जाँच अढाइ घण्टामा गर्छ जबकि विदेशबाट आउने किटबाट जाँच गर्न ६–७ घण्टा लाग्छ ।
मीनल त्यो टिमकी प्रमुख हुन् जसले कोरोनाभाइरस टेस्टिङ किट अर्थात पाथो डिटेक्ट तयार गरेको हो, त्यो पनि निकै कम समयमा । यस्तो किट तयार गर्न सामान्यतया तीन देखि ४ महिना लाग्छ तर यो टिमले ६ हप्ताको रेकर्ड समयमा यसलाई तयार गर्यो । रोचक त के भने यस क्रममा मीनल स्वयं पनि एक डेडलाइनको सामना गरिरहेकी थिइन् । गत हप्ता उनले छोरी जन्माएकी छिन् । गर्भावस्थामै उनले गएको फेब्रुअरीमा टेस्टिङ किटको प्रोजेक्टमा काम गर्न सुरु गरेकी थिइन् ।
मीनलले बीबीसीसँग भनिन् ‘यो संकटकालीन स्थिति थियो त्यसैले मैले यसलाई चुनौतीको रुपमा लिएँ । मैले पनि आफ्नो देशको सेवा गर्नुछ ।’ मीनलका अनुसार १० वैज्ञानिकको उनको टिमले यो प्रोजेक्ट सफल बनाउन निकै मेहनत गरेको छ । आफ्नी छोरीलाई जन्म दिनुभन्दा एक दिन अघि १८ मार्चमा उनले टेस्टिङ किटको जाँचको लागि नेशनल इन्स्टिच्युट अफ भाइरोजलोजीलाई दिइन् ।
त्यही दिन बेलुकी अस्पताल जानुभन्दा पहिले उनले यो किटको प्रस्ताव भारतको फुड एण्ड ड्रग्स कन्ट्रोल अथोरिटीमा व्यवसायिक अनुमतिका लागि पठाइन् । डा. वानखेडे भन्छन् ‘हामीसँग निकै कम समय थियो । हाम्रो शाखको पनि प्रश्न थियो । तर, पहिलो पटकमै सबथोक ठिक भयो । हाम्रो कोसिसको नेतृत्व मीनलले नै गरिरहनुभएको थियो ।’
यो किटलाई परीक्षणको लागि पठाउनुभन्दा पहिले टिमले यसलाई अलग–अलग मापदण्डमा कैयौं पटक परीक्षण गरे ताकि यसको नतिजा सटिक निस्किउन् । मीनल अन्छिन् ‘यदि तपाइँले कुनै नमूनाको १० टेस्ट गर्नु छ भने सबै १० टेस्टको नतिजा एक समान हुनुपर्छ । हामीले यो परफेक्सन हासिल गर्यौं । हाम्रो किट परफेक्ट छ ।
भारत सरकारको मेडिकल काउन्सिल फर मेडिकल रिसर्चले माइल्याब किटलाई सही ठहर गरेको छ । नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी इण्डियन काउन्सिल फर मेडिकल रिसर्चको अधीनमा काम गर्छ । आइसीएमआरले भनेको छ कि माइल्याब भारतको एकमात्र कम्पनी हो जसको टेस्टिङ किटको नतिजा १०० प्रतिशत सही छन् ।
Facebook Comment