रिपोर्टर्स क्बलले वार्षिकोत्सव नमनाउने

डिसी नेपाल
१७ चैत २०७६ १६:११

काठमाडौं। रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ।

आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो। तर, क्लबका सभापति ऋषि धमलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएकोले सरकारको उक्त आदेशको पूर्ण पालना गर्दै यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने निर्णय भएको जनाएका छन्।

आज सोमबार क्लबको केन्द्रीय कार्यालय, भृकुटीमण्डपबाट एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

धमलाको सन्देश
आज चैत्र १७ गते । रिपोर्टर्स क्लब नेपालको २२औं वार्षिकोत्सव हो। विश्वभरि महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि अहिले नेपाल सरकारले यही चैत्र १५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ ।

सरकारको यो आदेशलाई हामीले पूर्ण समर्थन र साथ दिँदै क्लबको यो वर्षको २२औं वार्षिकोत्सव नमनाउने घोषणा गर्दछौं । क्लबको विगतदेखि वर्तमानसम्म सबै जानकार हुनुहुन्छ । रिपोर्टर्स क्लब नेपालको २०५४ साल चैत्र १७ गते नेपाल कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले समुद्घाटन गर्नुभएको हो ।

स्थापना कालदेखि आज २२ औं वर्षमा आईपुग्दा हामीले निकै चूनौति, अप्ठ्यारा, आरोह र अवरोह भोेगेका छौं । चूनौतिका साथै, भविष्यमा गन्तव्यमा पुग्नको लागि पनि हामीले निकै सफलता हाँसिल गरेका छौं । यहाँहरु सबैलाई थाहा छ, रिपोर्टर्स क्लब नेपाल भनेको देशभरिका पत्रकारहरुको सञ्जाल हो ।

क्लब भनेको श्रमजिवी पत्रकारहरुको साझा संस्था हो । रिपोर्टरहरुको साझा संस्था हो । मुलुकमा लोकतन्त्र ल्याउनको लागि, विधिको शासन, कानूनी राज्यमा मुलुकलाई अघि बढाउनको लागि पनि क्लबले अहम भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ । हामीले प्रेस स्वतन्त्रताको सवालमा कहिल्यैपनि र कसैसँगपनि सम्झौता गरेका छैनौं ।

मुलुकमा तत्कालिन अवस्थामा विद्यमान दश वर्षे सशस्त्र द्धन्द्धको अन्त्य र शान्ति स्थापनाको लागि पनि हामीले वार्ताको आह्वान गर्दै भूमिका खेलेका थियौं । त्यतिवेला पनि हामीले क्लबका बहस गरिरह्यौं । क्लबले राज्य र विद्रोही दुवै पक्षलाई वार्ताको लागि दबाब दिएको थियो ।

तपाईहरु अविलम्ब वार्तामा बस्नुहोस भनेर हामीले झक्झकाएका थियौं । र, मुलुक वार्ताको माध्यमबाट अघि बढ्यो । १२ बुँदे सम्झौता भयो । विस्तृत शान्ति सम्झौता भएको ईतिहासलाई पनि म यहाँ कोट्याउन चाहन्न् । हामीले मुलुकमा दिगो शान्तिको लागि महत्वपूर्ण पहलकदमी लियो । विभिन्न तह र तप्काका व्यक्तिहरु, खासगरी दलका नेताहरुलाई एकै ठाउँमा राखेर बहस सुरु गर्यौं ।

तपाईहरु सबैलाई थाहा छ, आजपनि म सम्झन चाहन्ुछ । रिपोर्टर्स क्लब नेपालले पाँचौं वार्षिकोत्सव हामीले २०५९ सालमा मनाईरहँदाखेरि बिआईसिसीमा । त्यही भवनबाट संविधान जारी भयो । आज त्यो भवनमा संघीय संसद छ । अहिले जनप्रतिनिधिहरु त्यही भवनमा बहस गरिरहनुभएको छ ।

त्यो भवनमा हामीले पाँचौं वार्षिकोत्सव मनाएका थियौं । त्यो वार्षिकोत्सवमा हामीले राज्यको तर्फबाट तत्कालिन् प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र विद्रोहीको तर्फबाट जनसरकार प्रमुख डा. बाबुराम भट्टराईलाई एकै ठाउँमा राखेर हामीले बहस गरेका थियौं ।

त्यतिखेर शीर्ष नेताहरु माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, वामदेव गौतमलगायतका सबै नेताहरुलाई हामीले एकै ठाउँ राखेका थियौं । ईतिहास साक्षी छ ।

हामीले द्धन्द्धको बेलामा पनि गणतन्त्रको लागि, लोकतन्त्रको लागि र अहिलेको परिवर्तनको पक्षमा हामीले मुलुकलाई अघि बढाउनको लागि, मुलुकमा सहमति, सहकार्य र एकताको लागि पनि सबै शक्ति मिल्नुपर्छ भनेर त्यतिखेर खेलेको भूमिका तपाईहरुसामू छर्लंगै छ । म व्याख्या र विश्लेषण गर्न चाहन्न ।

हाम्रो देशमा २०६२, ०६३ सालको जनआन्दोलनको कुरा गर्दाखेरि त्यतिवेला पनि क्लबले खेलेको भूमिका सबै नेपालीहरुकोसामू छ । र, क्लबले त्यतिवेला निरंकुशताको विरुद्धमा आफूलाई सशक्त रुपमा उभ्याएको थियो । हामी सडकमा प्रभावकारी रुपमा उभिएका थियौं । जनताको एजेण्डा बोकेर हामी लागिपरेका थियौं ।

जनतामा सूचना प्रवाह गर्न हामीले त्यतिवेला खेलेको भूमिकाबारे पनि सबै जानकार नै हुनुहुन्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते कु गरिसकेपछिको अवस्थामा रिपोर्टर्स क्लब नेपालले माघ २१ गते क्लबको केन्द्रिय कार्यालय पुतलीसडकमा साक्षात्कार गरेको थियो ।

त्यतिवेला बहसको लागि भीम रावल, सिपी मैनाली र नारायण खड्का आउनुभएको थियो । देशमा त्यतिवेला कर्फयु थियो । सबै मिडिया हाउसमा सेनाको उपस्थिति थियो । तर, पनि रिपोर्टर्स क्लब नेपालले जनताको पक्षमा, स्वतन्त्रताको पक्षमा, विधिको शासनको पक्षमा र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याईरह्यो ।

क्लब हरेक समयमा चूनौतिहरु पार गर्दै अघि बढिरह्यो । निरंकुशताको विरुद्धमा लड्दै लड्दै हामीले सडकमा नै साक्षात्कार गर्यौं । जतिबेला कर्फयु लागेको थियो । कांग्रेस नेता नरहरि आाचार्यलाई थाहा छ । उहाँले त्यतिवेला भन्नुभएको थियो, हामी क्लबको हलमा कार्यक्रम नगर्ने ऋषिजी, सडकमा गर्ने भन्नुभयो ।

बैशाख ८ गते हामीले कफर््यु लागेको बेलामा सडकमै कार्यक्रम गर्यौं । क्लबले गणतन्त्रको पक्षमा धेरै नेताहरु बोलाएर बहस गरायो । नागरिक समाजलाई बोलायो । म अहिलेपनि सम्झन चाहन्छु पद्यमरत्न तुलाधरलाई । त्यतिवेला गणतन्त्रको पक्षमा कसले बोल्ने ? भन्नेबारे होडबाजी थियो । उहाँले म बोल्छु भन्नुभयो । ईतिहास साक्षी छ ।

क्लबलाई आज यो ठाउँमा पुर्याउनको लागि किसुनजीको महत्वपूर्ण भूमिका छ । उहाँले क्लबको पहिलो वक्ताको रुपमा आउनको लागि त्यतिखेर स्विकार गर्नुभयो । उहाँ आएर शुभारम्भ भएको क्लब आज २२औं वर्षमा प्रवेश गरेको छ । यो २२औं वर्षको अवसरमा म आज त्यतातिर पनि जान चाहन्न ।

क्लबको कुरा गर्दाखेरि म मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, सुशिल कोइराला, तुलसीलाल अमात्य, सहाना प्रधान सबैलाई म सम्झन चाहन्छु । उहाँहरु सबैले रिपोर्टर्स क्लब नेपाललाई माया गर्नुभयो । उहाँहरुले क्लबको कार्यक्रममा आएर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कुरा राख्नुभएको छ ।

सबै दलका नेताहरुलाई एकै ठाउँमा राखेर, व्युरोक्र्याटसलाई एकै ठाउँमा राखेर, डिप्लोम्याट्सलाई एकै ठाउँ राखेर, हरेक तह र तप्का व्यक्तिहरुलाई एकै ठाउँ राखेर बहसको सिर्जना गर्ने काम रिपोर्टर्स क्लब नेपालले गरेको छ । धेरै नेताहरुले भन्ने गर्नुभएको छ संसद नभएको बेलाको संसद भनेको रिपोर्टर्स क्लब नेपाल हो भनेर ।

म त्यसको पनि बखान गर्न चाहन्न । निरंकुशताविरुद्धको लडाईमा रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिका सबैसामू छर्लंग छ । त्यसैले आजको दिनमा म ईतिहासपनि कोट्याउन चाहन्न् । आजको दिनमा एउटा संकल्प गर्न चाहन्छु । हामीले प्रत्येक वर्ष वार्षिकोत्सव भव्य रुपमा मनाएका छौं ।

साधारण सभापनि भव्य रुपमा सम्पन्न गरेका छौं । आज देश कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणकोलागि लडिरहेको छ । यो अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी २४सै घण्टा समाचार संकलनमा खटिनुभएका सबै सञ्चारकर्मीहरुप्रति स्यालुट गर्न चाहन्छु ।

म नेपालका सञ्चारकर्मीहरुलाई अभिनन्दन गर्न चाहन्छु । क्लब आफ्नो स्थापना कालदेखिनै सञ्चारकर्मीहरुलाई प्रोत्साहन गर्दै आएको छ । हामीले पुरस्कार पनि प्रदान गर्ने गरेका छौं । क्लबले गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार, तारिणी प्रसाद कोइराला पत्रकारिता पुरस्कार, कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार, र धेरै पुरस्कार स्थापना गर्यो । हामीले सबै पत्रकारहरुलाई पुरस्कृत गर्नुपर्छ ।

अभिनन्दन गर्नुपर्छ भनेर राष्टिय अभियान नै सञ्चालन गरेका छौं । आज सबै क्षेत्रमा यसको एउटा बाढी नै आएको छ । त्यसैले म त्यतातिर पनि जान चाहन्न् । क्लबले जसरी पत्रकारहरुलाई पुरुस्कृत र अभिनन्दन गर्ने गरेको छ । यो कार्यलाई हामी निरन्तरता दिन चाहन्छौं ।

यो वर्ष हामीले वार्षिकोत्सव र साधारण सभा नमनाएपनि हामी देशमा गणतन्त्र आएको दिन जेठ १५ गते भव्य रुपमा २२औं वार्षिकोत्सव र साधारण सभा मनाउने घोषणा पनि म यहीँबाट गर्न चाहन्छु । र, जेठ १५ गतेसम्म हामी कोरोनाविरुद्ध सबै एकजुट भएर लड्नुपर्छ । हामी सबैले आ आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्छ ।

विश्वबाटै कोरोना भगाउनुपर्छ । त्यसको लागि नेपालबाट अभियान सुरु गर्नुपर्छ । हामी नेपाल सरकारले गरेको लकडाउनलगायतका महत्वपूर्ण निर्णयहरुको स्वागत गर्दछौं । लकडाउनको पक्षमा आफूलाई उभ्याउँदै आजको वार्षिकोत्सव नमनाएका हौं ।

आजको मुख्य जिम्मेवारी भनेको सरकारलाई कोरोनाविरुद्ध लड्न सघाउनु हो । हाम्रो लागि चौविसै घण्टा समाचार महत्वपूर्ण छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका हरेक कदमलाई प्रभावकारी बनाउनको लागि हामी मिडियाकर्मीले पनि संकल्प गरेका छौं ।

आगामी दिनमा पनि रिपोर्टर्स क्लब नेपाल त्यो अभियानमा अगाडि बढिरहनेछ । क्लबको चार वटा सिद्धान्त छ । लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रता । यी नै हाम्रा मुख्य एजेण्डा हुन् । हामी ती मुद्दाहरुमा कहिल्यैपनि कोहीसँग सम्झौता गर्दैनौं । हाम्रो एजेण्डा भनेको विकास र समृद्धि हो ।

हामी त्यसको लागि आगामी दिनमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्छौं । आजको दिनमा मुख्य चूनौति भनेको कोरोना भाइरस हो । कोरोना भाइरसले जसरी विश्वलाई गाँजेको छ, आज विश्वका राजनेताहरु एक भएका छन् । कोरोनालाई विश्वबाट भगाउनको लागि एकजुट भएका छन् ।

यसको लागि सशक्त र प्रभावकारी कदम सबैले चाल्नुपर्छ ।  म नेपालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुप्रति स्यालुट गर्न चाहन्छु । तपाईहरु जुन किसिमले खटिनुभएको छ । यो अभियानमा होमिनुभएका सबैलाई म भन्न चाहन्छु यतिवेला तीन करोड जनता तपाईहरुको साथमा हुनुहुन्छ ।

कोरोना संक्रमितहरुको गम्भिर भएर उपचार गरौं । आज विश्वको कुरा गर्नुहुन्छ भने कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । आँत्तिनुपर्दैन् । डराउनुपर्दैन् । कोरोना लागेपछि मलाई केही हुन्छ कि ? मेरो मृत्यु हुन्छ कि भनेर कोही पनि डराउनुपर्दैन् । यो भाइरस लागेका धेरै मानिसहरु उपचारपछि निको भएका हामीले देखेका छौं । हाम्रो देशको कुरा गर्दा आजसम्म ५ जनामा यसको संक्रमण देखिएको छ । एक जना त उपचारपछि निको भएर गैसक्नुभएको छ । अहिले चार जना उपचार गराईरहनुभएको छ ।

उहाँहरुको पनि म शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आजको दिन नेपालमा एउटा राष्टिय सहमति बनेको छ । सबै तह र तप्काको समर्थन छ । सरकारको कदमलाई सबै तह र तप्काको पूर्ण साथ र सहयोग छ । अहिलेको अवधि भनेको लकडाउनको अवधि हो । यो बेलामा सबैजना घरमै बसौं । मेरो सबैमा अनुरोध छ । हामी घरभित्रै बसौं । हामीले अरुलाई पनि बचाउनुहुन्छ । र आफू पनि बाँच्नुछ । हाम्रो एउटा संकल्प छ ।

यो अवधिमा सबैजना होमक्वारेन्टाईनमा नै बसौं । सरकारको यो आदेशलाई हामीले उल्लंघन गर्नुहुँदैन् । तपाईहरुको समस्या हामीलाई थाहा छ । अहिले तपाईहरुलाई खाद्यान्नको अभाव हुनसक्छ । तपाईहरु साँच्चिकै पीडामा हुनसक्नुहुन्छ । विरामी पर्न सक्नुहुन्छ । आफ्ना आफन्तहरु अस्पतालमा उपचार गराईरहनुभएको होला । हामी तपाईहरुको यो पीडा र यथार्थताबारे नेपाल सरकारलाई झकझकाउनेछौं ।

मेरो बिन्ती छ कि कोही पनि दाजुभाई, दिदिबहिनी, आमाबुवाहरु अत्यावश्इक कामबाहेक कोही पनि बाहिर ननिस्किदिनुहोला । आज क्लबको यो २२औं वार्षिकोत्सवको अवसरमा म सबैलाई यही आग्रह गर्न चाहन्छु । हामीले अहिले आत्मसात गरेको छौं । एकआपसमा घुलमिल गर्नुहुँदैन् । भीडभाड गर्नुहुँदैन् । हात मिलाउनुहुँदैन् । अंकमाल गर्नुहुँदैन् । हामी नेपालीहरुको एउटा संस्कार छ नमस्कार गर्ने ।

हो, त्यही गरौं । आफ्नो संस्कृतिको बढावा गरौं । यो नमस्कार नै सबैभन्दा ठूलो औषधी हो कोरोना भाइरसको । कोरोना भगाउने यही औषधी हो । यो नै संजिविनी बुटी हो । त्यसैले हामीले एक आपसमा नमस्कारको शैलीलाई अपनाऔं । जहिल्यैपनि आत्मसात गरिरहौं ।

कोरोना भाइरसलाई तह लगाउनको लागि, निमिट्यान्न पार्नको लागि सबैभन्दा ठूलो अस्त्र हो लकडाउन । यो लागु गरेर आज विश्वले प्रमाणित गरिसकेको छ । बेलैमा होशियारी र सावधानी नअपनाउँदा आज अमेरिकामा कोरोनाको संक्रमण फैलिरहेको छ । त्यहाँ ठूलो महामारी देखिएको छ । इटालीमा हेर्नुहोस के हाल भयो ।

त्यहाँपनि ठूलो महामारी फैलियो । अहिले युरोपमा समस्या नै समस्या छ । त्यसैले त्यतातिर सबैले ध्यान दिनुपर्छ । नेपालमा अहिलेकोभन्दा ठूलो संकट नआओस भनेर सरकारले चालेको कदम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । नेपाली जनताको मनमा सरकार बस्नैपर्छ ।

जनताको चाहनाअनुसार सरकारले काम गर्नैपर्छ । नेपाली जनताको मागलाई सरकारले सम्बोधन गर्नैपर्छ । राहतको प्याकेज अब घोषणामात्रै होईन, व्यवहारमा लागु गर्नुपर्छ । विगतमा नेपालका नेताहरु भाषण गर्नमा मात्रै अभ्यस्त हुनुहुन्छ, तर व्यवहारमा उतार्न चुकेको अवस्था छ ।

अब चाहीँ सरकारले साँच्चै यो व्यवहारमा लागु गरोस् । नेपाल सरकारका मन्त्रीहरुले पनि अब बोली र भोषणमात्रै दिएर हुँदैन् । एक्शन ओरिएण्टेड हुनुपर्छ ।

क्लबले आफ्नो स्थापना दिवस अर्थात वार्षिकोत्सव नमनाउँदा हामीलाई केही फरक परेको छैन् । यो वार्षिकोत्सव हामी आउने जेठ १५ गते मनाउँला । आज कोरोनाको यो कहरमा नेपालका सञ्चारकर्मीहरुले आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । देशभरिका पत्रकारहरु अहिले खटिरहनुभएको छ।

यो बेलामा नेपाल टेलिकम लगायत अरु ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई म पत्रकारहरुको लागि निःशुल्क ईन्टरनेट दिन आग्रह गर्दछु । यो अभियानमा हामी राष्टिय बहसको विषय बनाउँ । सञ्चारकर्मीहरुको लागि ईन्टरनेट सेवामा भारी छुट दिनको लागि पनि सरकारका प्रवक्तालाई आग्रह गर्दछु । सकेसम्म निःशुल्क दिनुहोस् ।

पत्रकारहरुले यो बेलामा खेलेको भूमिकाप्रति नेपाल सरकारको ध्यान जाओस् । म सबैलाई आग्रह गर्न चाहन्छु । नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीलाई पनि आग्रह गर्न चाहन्छु कि सञ्चारकर्मीको भावनालाई बुझिदिनुहोस् । जस्तोसुकै चूनौतिको अवस्थामा पनि नेपालका पत्रकारहरुले आफ्नो दायित्व पूरा गरेका छन् । यो कुरालाई मनन गर्नुपर्यो ।

२०६२, ०६३ सालको जनआन्दोलनमा सञ्चारकर्मीहरुले खेलेको भूमिका त ऐतिहासिक थियो । नेपालमा लोकतन्त्र ल्याउनको लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका थियो । शान्ति प्रक्रियालाई सफल तुल्याउनको लागि पनि हाम्रो भूमिका महत्वपूर्ण थियो । संविधानसभाबाट संविधान जारी गराउनको लागि पनि सञ्चारकर्मीहरुको भूमिका थियो । संविधान जारीपछि तीनै तहको निर्वाचन गराउनको लागि पनि सञ्चारकर्मीहरुको भूमिका थियो ।

नाकाबन्दी र महाभुकम्पको बेलामा हामीले खेलेको भूमिका कोहीबाट छुपेको छैन् । आजपनि हामी एउटा संकटको अवस्थामा हौं । हाम्रो देश आज कोरोनाको जोखिममा छ । अहिलेको अवस्थामा हामी सबैले एउटा प्रण गरौं कोरोना भाइरसविरुद्ध एकजुट भएर लडौं । यो रोगको अहिलेसम्म औषधी छैन् । भ्याक्सिनहरु बनेका छैनन् । हामीले आफ्ना शैलीहरु पनि परिवर्तन गर्नुपर्छ । हाम्रो नमस्कारको शैलीलाई अपनाऔं ।

कोरोना भाइरस विश्वबाटै भगाउनको लागि रिपोर्टर्स क्लब नेपाल सशक्त भूमिका निर्वाह गर्छ । आज अस्पतालमा कोरोनाको संक्रमण भएर उपचार गराईरहनुभएका चारै जनामा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । सबै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु सबैलाई आग्रह गर्छु तपाईहरु आत्मविश्वासका साथ अघि बढ्नुहोस् । जहिलेपनि ऋषि धमला तपाईहरुको साथमा छ । नमस्कार ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *