२०२१ मा हुने वर्ल्ड एथलेटिक्स च्याम्पियनशिप २०२२ सम्मको लागी स्थगित
![२०२१ मा हुने वर्ल्ड एथलेटिक्स च्याम्पियनशिप २०२२ सम्मको लागी स्थगित](https://www.dcnepal.com/wp-content/uploads/2020/03/1920px-HaywardFieldPano.jpg)
काठमाडौं । एथलेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथलेटिक्सले आगामी २०२१ जुलाई २३ देखि टोकियो ओलम्पिक आयोजना हुने घोषणा भएपछि २०२१ मा हुने भनिएको विश्व एथलेटिक्स च्याम्पियनशिप स्थगित भएको छ। वर्ल्ड एथलेटिक्सले सोमबार आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा सो कुरा जनाएको छ ।
विज्ञप्तिमामा भनिएको छ ः हामी २०२१ टोकियो ओलम्पिकको नयाँ मितिलाई स्वागत गर्दछौं। यसले हाम्रा एथलीटहरूलाई प्रशिक्षणको लागी पूर्ण समय मिल्नेछ र उनीहरुलाई प्रतिस्पर्धामा फर्किन सजिलो हुनेछ। अब हामी वर्ल्ड च्याम्पियनशिपको नयाँ मितिको लागी काम गर्नेछौं।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म २०२१ मा आयोजना हुनेछ साथै २०२१ वर्ल्ड एथलेटिक्स च्याम्पियनशिप ओरेगनमा ६ देखि १५ अगस्त सम्म आयोजना हुने तय भएको थियो। यो अवस्थामा, विश्व च्याम्पियनशिप आयोजित गर्न सम्भव थिएन, त्यसैले वर्ल्ड एथलेटिक्सले यसलाई २०२२ सम्म स्थगित गर्ने जनाईएको छ ।
वर्ल्ड एथलेटिक्सले राष्ट्रमंडल खेल संघ र यूरोपियन च्याम्पियनशिपसँग पनि यस्को बारेमा छलफल गर्ने छ किनभने यी दुवै प्रतियोगिता २०२२ मा आयोजना हुने भएको छ।
Facebook Comment