रंगेली नगरपालिकाले घरघरमा गएर राहत बितरण गर्ने

डिसी नेपाल
१८ चैत २०७६ १४:५०

विराटनगर। कोरोनाको त्रासले लकडाउनमा रहेका गरिव तथा ज्याला मजदुरी गरेर जीवनयापन गर्ने अति विपन्न परिवारलाई मोरङको रंगेली नगरपालिकाले घरघरमै गएर राहत वितरण गर्ने भएको छ ।

मित्रराष्ट्र चीनको हुवई प्रान्तस्थित वुहान सहरबाट तीन महिनाअघिदेखि फैलिन सुरु भएर बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) सरुवा रोग महामारी संक्रमण फैलन नदिन सुरु भएको लकडाउन एक साताको अवधि समाप्त भए पछि पूनः नेपाल सरकारबाट फेरि सात दिनको अवधि थप भएको हुँदा यस नगरपालिका भित्र रहेका अति बिपन्न परिवार र ज्यालादारी मा काम गरी बिहान बेलुका छाक टार्न अति नै कष्टकर भएको हुनाले एक घर धुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा ४ हजार परिवारलाई राहत बितरण गर्ने र अपुग भएमा पुन खरिद गरेर बितरण गर्ने भएको छ।

नगरपालिकाको सोमबार बसेको सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्न नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउन का कारण गरिव परिवारहरुमा बढि मात्रामा प्रभाव परेको हुनाले उनिहरुका लागि राहत प्याकेज वितरण गर्ने तयारी गरेको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले बताए ।

सर्वदलिय बैठक ले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र तिनिहरुको घर वसेको अवधिभरका दिन मा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

भारतबाट आएका मजदुरहर लाई उद्योग बाट बाहिर नजाने गरी उद्योग को हाता भित्र रहि काममा लगाउन समेत निर्णय गरेको छ । नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्था हरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाई तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने पनि निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *