राज्य संचालनमा पारदर्शीता र मानव अधिकारको सम्मान गर : परिवार दल

डिसी नेपाल
१९ चैत २०७६ १३:२१

काठमाडौं। परिवार दलले पारदर्शी तरिकाले राज्य संचालन गर्न तथा जस्तोसुकै अवस्थामा पनि हनन् गर्न नहुने मानव अधिकारको सम्मान गर्न सरकारलाइ आग्रह गरेको छ।

कोभिड–१९ को विश्वव्यापी संक्रमण दिनप्रतिदिन भयावह बन्दै गइरहेको र नेपालमा पनि संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको अवस्थामा मुलुकमा बृहतर राष्ट्रिय सहमतिको खाँचो रहेको बताउदै सरकारलाई प्रमुख प्रतिपक्षसहितका सबै राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र, धार्मिक क्षेत्र तथा संचार जगतलाई विश्वासमा लिएर अघि बढ्न परिवार दलले सुझाब दिएको छ।

दलका अध्यक्ष एकनाथ ढकालले प्रेश विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा नागरिकले सरकारलाई समर्थन गर्दागर्दै पनि विभिन्न स्थानमा सुरक्षाकर्मीहरुद्वारा गरिएको ज्यादती बन्द गरिनु पर्ने, ज्यालादारी तथा अति बिपन्न व्यक्तिहरुलाई राहत वितरणमा आस्थाको आधारमा विभेद नहुने सुनिश्चता गरिनु पर्ने, कोभिड १९ बाहेक अन्य रोगका रोगीहरुको सरल तरिकाले उपचारको व्यवस्था मिलाउनु पर्ने, विदेशबाट आयात गरिने परिक्षण किट विश्वसनीय हुनुपर्ने, ७७ वटै जिल्लाबाट कोभिड १९ को परिक्षण गर्नु पर्ने, कोरोना राहत कोषमा संकलन भएको रकमको प्रभावकारी ढंगबाट जनताको सेवामा तुरुन्त खर्च गरिनु पर्ने, पास वितरणमा एउटै मापदण्ड हुनुपर्ने, सूचनाको स्वतन्त्र प्रवाहमा कुनैपनि किसिमको सरकारी निगरानी तथा प्रतिबन्ध हुन नहुने जनाएका छन्।

यसैगरी विज्ञप्तिमा लकडाउनले बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असरकोबारे सचेत हुनु पर्ने, ज्येष्ठ नागरिकको सुरक्षा गर्नुपर्ने, जोखिममा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोवल उच्च बनाउँदै उचित मुल्यांकन हुनु पर्ने, उच्च जोखिम भएका स्थानमा कोभिड डिस्इन्फ़ेक्शन स्प्रे छर्ने, खाद्यलगायत अति जरूरी उपभोग्य सामग्रीको आपूर्तिमा राज्यले विशेष सजगता अपनाउनु पर्ने, वितरण प्रणालीलाई चुस्त र भेदभावरहित बनाउन स्वयं सेवकहरु परिचालन गर्ने उल्लेख छ।

परिवार दलले सरकारले आधारभूत आवस्यकता सहज तरिकाले उपलब्ध गराउने व्यवस्था नगरे नागरिकहरुले लकडाउनको अवज्ञा गर्नेतर्फ समयमै सचेत हुन सरकारलाई आग्रह गरको छ।

विज्ञप्तिमा भनिएकाे छ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले जारी गर्ने सूचनामा मात्र चित्त बुझाउनु पर्ने वर्तमान अवस्थामाको निरन्तरता होइन कि नागरिकहरु कोभिड १९ को नियन्त्रण तथा रोकथाममा सरकारको सबैभन्दा उच्चस्तरको संलग्नता भयको देख्न चाहन्छन। ”

परिवार दलले लकडाउन मात्रै प्रयाप्त नभयको भन्दै यो अबधिमा युद्धस्तरमा परिक्षण गरेर संक्रमितहरुलाई अस्पतालमा केन्द्रित गरी अन्य नागरिकको जन जीवन सरल बनाउनेतर्फ पनि सोच्न सरकारको ध्यानाकर्षण गरेको छ।

परिवार दलले कालाबजारी नियन्त्रण नहुनु तथा मास्क सर्वसुलभ तरिकाले नागरिकले प्राप्त गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै राज्यलाइ थप गम्भीर हुन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *