कोरोना भाइरस नियन्त्रण सहकारी सेन्टर स्थापना हुँदै

डिसी नेपाल
१९ चैत २०७६ १७:४५

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको संयोजनमा मनमोहन मेमोरियल शिक्षण अस्पतालमा कोरोना भाइर (कोभिड १९) नियन्त्रण सहकारी सेन्टर स्थापना हुने भएको छ । महासंघले चैत २० गते ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर स्वयम्भु स्थिति नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.को मनमोहन मेमोरियल शिक्षण अस्पतलामा सो सेन्टरको शुरुआत गर्न लागेको महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले जानकारी दिइन् ।

महासंघको संयोजकत्वमा सहकारी अभियानको क्षेत्रबाट कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समिति बनाइएको छ । नेपालमा वि.स. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ । यस पटकको सहकारी दिवसको थिम मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने रहेको छ ।

महासंघले यस पटक कहि पनि भेला सम्मेलन गरेर सहकारी दिवस नमाउन आव्हान गरेको छ । कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यसपटक सहकारी दिवस मनाउन लागिएको छ । सहकारीहरुले सहकारी दिवसको अवसर पारेर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आर्थिक सहयोग समेत उपलब्ध गराउँदै छन् ।

यस पटक सहकारी दिवस भव्य मनाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विभिन्न समिति बनाएर कार्य अगाडि बढाएको थियो । कोरोना भाइरसको संक्रमणका लागि देश लकडाउन भएपछि सो कार्यक्रमसमेत स्थगित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *