पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घट्यो

डिसी नेपाल
१९ चैत २०७६ १९:२४

काठमाडौं । नेपाल आयल निगमले प्रेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण मूल्य घटेको हो ।

निगम संचालक समितिको बुधबार बसेको बैठकले प्रेट्रोल र डिजेलमा प्रति लिटर १० रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

अप्रिल १ मा ईन्डियन आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार घटाइएको निगमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *