यूके पाउण्ड र कुवेती दिनारको भाउ बढ्यो
काठमाडौं । आज चैत २० गते बिहीबार कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ । आज अन्य देशको विनिमयदर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २० पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४० पैसा र बिक्रिदर १ सय ५० पैयाँ १५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ २३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १९ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ।
Facebook Comment