भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुग्यो, २ हजार बढी संक्रमित
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाको संक्रमणबाट २ हजारबढी मानिस संक्रमित भएका छन् । जसमध्ये १६२ जना मानिस उपचारपछि घर फर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको महाराष्ट्रमा मात्रै हिजो एकै दिन कोरोनाको संक्रमणबाट ७ जना संक्रमितको ज्यान गएको छ। महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ३३५ पुगेको छ ।
भारतको राजधानी नयाँ दिल्ली, उत्तर प्रदेश, आन्द्रा प्रदेश, तमिलनाडु, तेलंगना र केरलामा कोरोनाको संक्रमण बढी देखिएको छ ।
हालसम्म कोरोना भाइरसको महामारी विश्वका २०३ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ।
विश्वभर ९ लाख २५ हजार १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ४७ हजार १ सय ४९ जनाको ज्यान गइसकेको छ ।
Facebook Comment