कोरोना संक्रमितको मृत्यु भएपछि परिवारले गरे हंगामा, उपचार गर्ने डाक्टरलाई नै कुटे
काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच डाक्टरसहितका स्वास्थ्यकर्मीहरु दिन रात नभनी उपचारमा खटेका छन् । तर, भारतको हैदराबादमा भने एक जना संक्रमितको मृत्यु भएपछि बिरामीका परिवारले अस्पतालमै हंगामा मच्चाएका छन् । आज तकका अनुसार बिरामीको उपचार यहाँको गान्धी अस्पतालमा भइरहेको थियो । मृतकका आफन्तले रिसमा ती डाक्टरमाथि नै आक्रमण गरे जसले बिरामीको उपचार गरिरहेका थिए ।
रिपोर्टका अनुसार डाक्टरलाई आक्रमण गर्ने व्यक्ति स्वयं पनि कोरोनाभाइरस पोजेटिभ भेटिएका छन् । उनको उपचार पनि त्यही अस्पतालमा भइरहेको छ । यी व्यक्तिले आफ्ना दाजुको मृत्यु भएपछि अस्पतालका रेजिडेन्ट डाक्टरमाथि आक्रमण गरेका थिए । यी डाक्टर कैयौं दिनदेखि उपचारमा खटिएका थिए । मृतकको उमेर ५६ वर्ष थियो ।
प्रतिक्रिया
Facebook Comment