क्रिकेटमा डिएलएसको नियम बनाउने गणितज्ञ टोनी लुईसको निधन

काठमाडौं । क्रिकेटमा डिएलएसको नियम बनाउने समुह मध्येका एक गणितज्ञ टोनी लुईसको निधन भएको छ । उनी डिएलएसको नियम बनाउने डकवर्थ–लुईस–स्टर्न मध्ये एक रहेका थिए । यि तिन ब्यक्तिको नामबाट क्रिकेटमा उक्त नियमको नाम डिएलएस रहन गएको हो ।
लुईसले आफ्ना गणितज्ञ साथीहरु फ्रैंक र डकवर्थ संग मिलेर मौसमको कारण प्रभावित भएको खेलमा रनको पछाडि तर्कसंगत बनाउन सक्ने फर्मुला बनाएका थिए । यो जोडिले सन १९९७ मा यो फर्मुलालाई आईसिसीमा पेस गरेका थिए र १९९९ मा ईङल्यान्डमा भएको विश्वकपमा यो प्रयोग गरिएको थियो ।
ईङल्यान्ड र वेल्स क्रिकेट बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै भन्यो – लुईसको निधनले हामीलाई एकदमै दुखी एवम मर्माहित बनाएको छ । उनी ७८ बर्षिय थिए । टोनीले आफ्नो साथीहरु फ्रैंक र डकवर्थ संग मिलेर यो फर्मुला बनाएर १९९७ डकवर्थ–लुईस नाम दिएका थिए । आईसिसीले यस्लाई १९९९ मा अनुमोदन गरेको थियो ।
यो फर्मुला ले धरैपटक आलोचनाको पनी सामना गर्नुपरेको थियो । यसलाई सन २०१४ मा डकवर्थ–लुईस–स्टर्न भन्न थालियो र त्यसपछि अष्टे्रलियाका स्टेटिसटिशियन स्टीवन स्टर्नले वर्तमान स्कोरिंग दर अनुसार यसलाई संशोधन गरेका थिए ।
ईसीबीले भन्यो– २०१४ मा यसको नाम परिवर्तन भए पनि गणितको यो सुत्र विश्वभर रेनफेड खेलहरूमा प्रयोग भएको छ। टोनी र फ्रान्क दुबैको योगदानका लागि क्रिकेट सदैब ऋणी हुनेछ। हामी टोनीको परिवार प्रति समवेदना ब्यक्त गर्दछौं।
यो नियम आउनु अघि वर्षाको कारण रद्द भएको खेलमा औसत भन्दा बढी स्कोर गर्ने टोलीलाई विजेता घोषित गरिन्थ्यो।
Facebook Comment