बाग्लुङकी कोरोनाभाइरस संक्रमित किशोरीको परिवारका ५ जनाको रिपोर्ट आयो
वाग्लुङ । कोरोना संक्रमण पुष्टी भएर हाल धौलागिरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक किशोरीको परिवारका पाँच जनाको रिपोर्ट आएको छ । पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ । ती किशोरी बेल्जियमबाट कतार हुँदै नेपाल फर्किएकी थिइन् र उनीमा संक्रमण पुष्टि भएको थियो ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएकासहित ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौ पठाएको थियो । परीक्षणका लागि पठाइएको किशोरीका बुबा, हजुरबुबा, दाजु, दिदी र फुपुको रिपोर्ट नेगेटिभ आएको हो । अन्य रिपोर्टहरु आज आउनेछन् ।
प्रतिक्रिया
Facebook Comment