सुरक्षाकर्मीलाई ३ सय खाजा खर्चसहित शत प्रतिशत भत्ता दिने निर्णय

डिसी नेपाल
२० चैत २०७६ १९:०३

काठमाडौं । कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी महानीरिक्षकले गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्रीलाई भेट गरेर भत्ता दिनुपर्ने प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *