कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का लागि औषधी र उपकरण खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।
ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरेपछि उपकरण र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।
मन्त्रिपरिषद्को १६ चैतको बैठकको निर्णय भन्दै विहिबार साँझ रक्षामन्त्रालयलाई गरिएको पत्रचारमा सो सरकार/सरकार (जिटुजी) मार्फत खरिद गरिने र त्यसको समन्वय नेपाली सेनाले गर्ने उल्लेख छ ।
बिहीबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थमन्त्री तथा सूचनामन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको बताएका थिए ।
प्रतिक्रिया
Facebook Comment