मलेसियामा अर्का एक नेपालीमा पनि देखियो कोरोना
क्वलालम्पुर । मलेसियामा अर्को एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सुगाईबुलोस्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा कोरोनाको संक्रमण देखिएको हो ।
संक्रमित बिरामी सुगाईबुलो अस्पतालमा उपचार भैरहेको नेपाली राजदूतावास मलेसियाका द्धितिय सचिव महेश त्रिपाठीले बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । बिरामीलाई तीन दिन अघि कम्पनीले नै अस्पताल भर्ना गरेको थियो ।
मलेसिया सरकारले स्वदेशी तथा बिदेशीलाई पनि निशुल्क उपचार गर्ने बताए अनुसार उनको पनि निशुल्क उपचार भैरहेको त्रिपाठीले जानकारी दिए ।
त्यस्तै केहिदिन अघिदेखि मलेसियाकै पेनाङमा एक नेपाली युवाले कोरोनाको उपचार गराइराखेका छन् ।
प्रतिक्रिया
Facebook Comment