इटालीमा संक्रमितभन्दा लकडाउन उल्लंघन गरी सजाय पाउने बढ़ी
इटाली । इटालीमा सन्क्रमितभन्दा लक डाउनको अवज्ञा गरी जरिवानामा पर्नेहरु को संख्या बढी छ। मार्च ११ देखि अप्रिल १ सम्मको अवधिमा ३६ लाख ८० हजार २४२ जना मानिसहरु चेक जाँचमा परेका थिए । जसमा १ लाख ५५ हजार ३ सय ५९ जना जरिवानामा परेका छन। त्यस्तै साेही समयमा १६ लाख ६० हजार ९ सय ६७ ब्यापार व्यवसाय चेक जाँच मा परेका थिए जसमा ३ हजार ९ सय १४ जरिवानामा परेका छन ।केही पसलहरुको लाइसेन्स पनि खारेज गरिएको इटालीको गृहमन्त्रालयले जनाएको छ।
इटालीमा बिहिबारसम्म १ लाख १५ हजार २४२ जना सन्क्रमित छन भने १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ।
इटालीमा लक डाउन को समय १३ अप्रिलसम्म थप गरिएको छ। गत ११ मार्चदेखि इटाली पुर्णरुपमा लक डाउनमा छ।
सरकारी कार्यलयमा हुने कामहरु बन्द गरिएका छन।
हुलाक ,फ़ार्मेसी, दैनिक उपभोग्य सामाग्री पाइने स्थानहरु भने खुला छन।
सरकार ले सरकारी कार्यलयहरु बन्द गरे पनि ३१ जनवरिदेखि १५ अप्रिलसम्म म्याद सकिने सबै खालका कागजातहरु को म्याद ५ जुन सम्म रहने जनाएको छ।
इटालीमा रहेका सबै नेपालीहरु सुरक्षित छन। कोरोना भाइरसका कारण सन्क्रमित को संख्या धेरै भए पनि नेपालीहरु आफूलाई सुरक्षित राख्न सफल भएका छन। धेरैजसो नेपाली लक डाउनको बेला घर मै भए पनि इटालीको पार्मा कोलेकिओ भन्ने सहर मा रहेका करिब १४० नेपालीहरु निरन्तर काममै छन।
दूध,टमाटर ,पास्ताजस्ता खाद्यान्न समाग्री बन्ने कम्पनीमा काम गर्ने हुँदा सबै नेपाली काममै छौँ। यस्तो बेला काममा जान डर हुने भए पनि सबै सुरक्षित रहेर काम गरिरहेको प्रदीप रानाभाटले बताए ।
लक डाउनको बेला बाटोमा हिडेका मानिसको फोटो भिडियोहरु सामाजिक संजालमा राखिएको पाइएमा पनि कार्बाही हुने भएको छ।मानिसको गोपनीयता भङ्ग हुने भन्दै इटालीमा सामाजिक संजालमा सेयर हुने तेस्ता फोटो,भिडियोमा लाइक,कमेन्ट गर्ने पनि कारबाहीमा पर्न सक्ने छन।कुन कामको लागि मानिस बाहिर निक्लेको हुन्छ सबैलाई थाहा नहुने हुदा सेयर हुने त्यस्ता फोटो,भिडियोहरु सामाजिक संजालमा नराख्न भनिएको छ।
बिहिबारसम्म इटालीमा ६९ जना स्वास्थकर्मीको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी सन्क्रमित छन् ।
Facebook Comment