आफूमा देखिएको कोरोनाको लक्षण लुकाएर गर्भवती श्रीमतीलाई भेट्न अस्पताल गएपछि…

डिसी नेपाल
२१ चैत २०७६ ९:१८

काठमाडौं। एक युवकले आफूमा देखिएको कोरोनाभाइरको लक्षण लुकाएर सुत्केरी हुने बेलामा अस्पताल भर्ना भएकी श्रीमतीलाई भेट्न अस्पताल पुगे । उनले यसरी लक्षण लुकाएर गएका कारण उनकी गर्भवती श्रीमती पनि संक्रमित भएकी छिन् । युएसएटुडेका अनुसार यो घटना अमेरिकाको न्यूयोर्क शहरको एक अस्पतालको हो ।

उनकी श्रीमती सुत्केरी हुनका लागि म्याटरनिटी वार्डमा भर्ना भएकी थिइन् । उनलाई भेट्न उनका श्रीमान आए । श्रीमानलाई कोरोनाभाइरसको लक्षण देखिइसकेको थियो तर उनले यबारे सबै कुरा लुकाए । न्यूयोर्कको स्ट्रंग मेमोरियल हस्पिटलमा यसरी श्रीमतीलाई भेट्न गएका युवकले अन्ततः आफ्नी श्रीमतीलाई पनि संक्रमित बनाएका छन् ।

बच्चा जन्माएपछि जब पत्नीको जाँच गरियो उनी कोरोनाभाइरस संक्रमित भेटिएन् । यो घटनापछि अस्पतालले बिरामी भेट्न आउनेहरुलाई कडाइका साथ स्क्रिनिङ गर्ने निर्णय गरेको छ । भिजिटरले पनि सर्जिकल मास्क लगाउनु पर्नेछ । रिपोर्टका अनुसार श्रमितीमा पनि कोरोनाभाइरस संक्रमण देखिएपछि बल्ल ती युवकले आफूमा पनि लक्षण देखिएको खुलासा गरेका थिए ।

अमेरिकामा अस्पतालले बिरामी भेट्न आउनेको संख्या निकै कम गरिसकेका छन् । सीमित व्यक्तिहरुलाई मात्र बिरामीको नजिक आउन दिइन्छ । तर श्रीमतीलाई संक्रमित गरेको यो घटनामा अस्पतालमाथि कैयौं प्रश्न उठिरहेका छन् । हस्पतालसँग सम्बन्धित एक अधिकारीका अनुसार बच्चा जन्माएको केही समयमै आमामा लक्षण देखिन सुरु भएको थियो । यही क्रममा पतिले पनि आफूमा लक्षण देखिएको खुलाएका थिए । अस्पतालले व्यक्तिगत गोपनीयताका कारण यी संक्रमितको पहिचान खुलाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *