एसियाकै ठूलो झुपडी बस्तीमा बढ्न थाले कोरोना संक्रमित, डाक्टरमा नै देखियो संक्रमण
मुम्बइ। एसियाको सबैभन्दा ठूलो झुपडी बस्ती मुम्बइको धारावी स्लममा कोरोनाभाइरस संक्रमणका केसहरु बढ्दै गइरहेका छन् । पछिल्लो समय यहाँ एक डाक्६र नै कोरोना पोजेटिभ भेटिएका छन् । तत्कालको लागि उनी बस्ने घरका बैलाई क्वारेन्टाइनमा राखिएको छ । उनको सम्पर्कमा आएका मानिसहरुको खोजी सुरु गरिएको छ ।
मुम्बइमा बितेको २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ५७ नयाँ संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार मुम्बइ सेन्ट्रलको एक अस्पतालमा काम गर्ने एक सर्जनले स्वयं बीएमसीलाई आफू संक्रमित भएको जानकारी दिएका हुन् । डाक्टरको कुनै ट्राभल हिस्ट्रि छैन । उनी अस्पताल र धारावीस्थित घरभन्दा अन्यत्र कतै गएका छैनन् । यही बीचमा उनी कुनै संक्रमितको सम्पर्कमा आएको अनुमान गरिएको छ ।
धारावीमा कोरोना संक्रमणको तो तेस्रो घटना हो । बुधबार ५६ वर्षका एक संक्रमितको मृत्यु भएपछि गरिएको जाँचमा उनी तबलिगी जमातका १० जनाको सम्पर्कमा आएको पाइएको छ । यी १० जनालाई उनले आफ्नो घरमा राखेर खाना खुवाएका थिए । यी दशै जना दिल्लीको निजामुद्दीनस्थित तबलगी जमातको मरकजबाट मुम्बइ गएका थिए । त्यसपछि उनीहरु केरल गएका थिए । बिहूबार धारावीमा काम गर्ने अर्का एक सफाइकर्मीमा लक्षण देखिएको छ । यसले प्रशासनको चिन्ता बढाएको छ । प्रशासनले धारावीमा करिब ९ सय घर सील गरेको छ ।
Facebook Comment