शेनझेनमा कुकुर र बिरालो खान प्रतिबन्ध, यस्तो प्रतिबन्ध लगाउने पहिलो चिनियाँ शहर

डिसी नेपाल
२१ चैत २०७६ १२:१८

काठमाडौं। चीनको शेनझेन शहरमा कुकुर र बिरालोको मासु खान र बेच्न प्रतिबन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध लगाउने शेनझेन चीनकै पहिलो शहर बनेको छ । कोरोनाभाइरसको महामारी जंगली जनावरबाट आएको हुन सक्ने पाइएपछि यस्तो प्रतिबन्ध लगाइएको हो । चीनमा जंगली जनावरको किनबेच र मासु खान प्रतिबन्ध लगाइनुपर्ने देखिएका बेला शेनझेनले एक कदम अगाडि बढ्दै कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाएको हो । यो नयाँ नियम मे १ देखि लागू हुनेछ ।

हुमाने सोसाइटी इन्टरनेशनलका अनुसार एसियामा १ वर्षमा ३ करोड कुकुर मासुका लागि मारिन्छन् । यद्यपि चीनमा कुकुरको मासु खाने प्रचलन आम होइन । अधिकांश चिनियाँ नागरिक कुकुरको मासु खाँदैनन र यस्तो गर्नु ठिक मान्दैनन् । ‘कुकुर र बिरालोले मानिसहरुसँग घरपालुवा जनावरको रुपमा अरु जनावरले भन्दा नजिकको सम्बन्ध बनाएका छन् । कुकुर, बिरालो जस्ता जनावरको मासु खान प्रतिबनध लगाउनु विकसित देश, हङकङ र ताइवानमा आम अभ्यास हो’ शेनझेन शहरको स्थानीय सरकारले भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *