कोरोनाभाइरसका कारण पृथ्वीको कम्पन घट्यो, साना–साना भूकम्प पनि थाहा हुन थाले

डिसी नेपाल
२१ चैत २०७६ १२:३६

काठमाडौं। कोरोनाभाइरसका कारण पृथ्वी पहिलेभन्दा धेरै स्थिर भएको छ । पृथ्वी अहिले त्यति धेरे काँप्दैन जति लकडाउन हुनुभन्दा पहिले काँप्थ्यो । वैज्ञानिकहरुले विश्व्का अधिकांश स्थानमा लकडाउन हुँदा पृथ्वीको कम्पन कम भएको पत्ता लगाएका छन् । लकडाउनले पूरै विश्वमा ध्वनी प्रदूषण यतिसम्म कम भएको छ कि भूकम्प विज्ञानीले स–साना भूकम्प पनि थाहा पाउनथालेका छन् । जबकि लकडाउनभन्दा पहिले यी भूकम्प थाहा पाउन निकै कठिन हुन्थ्यो ।

बिंटिश जियोलोजिकल सर्वेले विश्वका केही देशका भूगर्भविद्सँग मिलेर यो पत्ता लगाएको हो । वैज्ञानिकका अनुसार कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनले पृथ्वीको ध्वनी प्रदूषण निकै कम गरेको छ । डेलिमेलको रिपोर्टअनुसार वैज्ञानिकहरुले लण्डन, पेरिस लस एन्जल्स, बेल्जियम र न्यूजिल्याण्डमा भूकम्प सूचक यन्त्रको माध्यमबाट यो खुलासा गरेका हुन् । यसले वैज्ञानिकहरुलाई साना साना भूकम्पका धक्का नाप्न र यसको सम्भावित खतराको पूर्वानुमान गर्न सहयोग पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *