होटलभित्र छिरेर भुइँमा थुके अनि ‘कोरोना–कोरोना’ भन्दै चिच्याएपछि…
काठमाडौं। होटलभित्र छिरेर भुइँमा थुकेपछि ‘कोरोना–कोरोना’ भन्दै चिच्याउने एक व्यक्तिलाई २ महिनाको जेल सजाय भएको छ । भारतीय मूलका सिंगापुरका नागरिकलाई विमानस्थलमा रहेको एक होटलको भुइामा थुकेको र ‘कोरोना–कोरोना’ भन्दै चिच्याएको आरोपमा यस्तो सजाय सुनाइएको हो । कोरोनाभाइरससँग सम्बनिधत मुद्दामा यस किसिमको सजाय भएको सिंगापुरमा यो पहिलो घटना हो ।
भारतीय मूलका जसविंदर ंिहले ३ मार्चमा सिंगापुरको क्राउन प्लाजा चांगी एयरपोर्ट होटलको अजुर रेष्टुरेण्टमा यस्तो हर्कत गरेका थिए । होटल गएका जसविंदरलाई वेटरले होटल बन्द भएको बताएका थिए । यति भनेपछि उनी रिसाए र उनले एक प्लेट फटाउनुका साथै होटलको भुइँमा थुके र ‘कोरोना–कोरोना’ चिच्याउन लागेका थिए ।
जसविंदर यसअघि पनि उत्पीडनको अभियोगमा जेल पुगिसकेका छन् । उनलाई उत्पीडनको अर्कै मुद्दामा जनवरीमा ६ महिना र ५ हप्ताको जेल सजाय सुनाइएको थियो । अदालतको एक आदेश अनुसार उनले यो वर्षको २८ फेब्रुअरीदेखि २६ अप्रिलको बीचमा कुनै पनि अर्को अपराध गर्नु हुँदैनथ्यो । तर, उनले होटलमा यस्तो हर्कत गरेपछि उनको अर्को मुद्दामा पनि यसको प्रभाव पर्ने भएको छ ।
Facebook Comment