बहराइनमा थप ९ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या १२ पुग्यो
मान्मा । बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकाे थियो । उनीहरुमध्ये थप ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । यसअघि संक्रमण देखिएका अन्य ३ जना नेपालीको अस्पातलमा उपचार भैरहेको छ ।
त्यस्तै केही दिनअघि मात्रै अस्पतालमा क्वारेन्टाइनमा रहेका ३ जना नेपालीमा कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ४ जनाको ज्यान गएको छ,भने ३ सय ८१ जना उपचारपछि निको भएका छन् । खाडिमुलुकमा संक्रमितमध्ये उपचारपछि डिस्चार्ज हुनेको सबै भन्दा धेरै संख्या बहराइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comment