सरकार गम्भिर र जिम्मेवार बनेन : राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोनाको महामारी बढ्दै गइरहेकाबेला सरकार गम्भीर र जिम्मेवार नबनेको भन्दै ध्यानाकर्षण गराएको छ । राजपा नेपालका संयोजक शरतसिंह भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनलाई प्रभावकारी र धैर्यताका साथ घरमै बस्न सम्पूर्ण नागरिकसँग अनुरोध समेत गरेका छन् ।
सरकारले महामारीको बेला स्वास्थ्य सामग्री प्राप्तमात्रमा नराख्नु गैह्रजिम्मेवारीको पराकाष्ठा देखाएको भन्दै अनियमितता र भ्रष्टाचारको खबरले झन जनतामा निराशा छाएको बताइएको छ । साथै भ्रष्टाचार र अनियमितताको बारेमा सत्य तथ्य छाबिन गरी दोषीहरुमाथि कडा कारवाहीको माग समेत विज्ञप्तिमा गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन बाताबरण बनाउने र स्वास्थ्य चेकजाँच गरि शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइन मा समेत राख्न आग्रह गर्दछौं ।’
Facebook Comment