एनआरएनए यूकेको आपतकालीन कोष संचालनमा
काठमाडौं । महामारीका कारण बेलायतमा पछिल्ला दिनमा मर्नेहरूको संख्या बढ्दो छ। यसैबीच नेपालीहरूमा पनि यसको प्रभाव परेकोछ। अहिलेसम्म करीब एक दर्जन नेपालीमा कोरोनाको संक्रमण भईसकेको र पाँच जना उपचाररत छन् । खास गरी बेलायतमा रहेका भुपु गोर्खा सैनिकका वृद्द सन्तानहरू र नेपालबाट पढ्न आएका नेपाली विद्यार्थीहरूलाई असर पारेकोछ।
केही दिन अघि बेलायतमा नेपाली विद्यार्थीहरू खान बस्न पाएनन् भनेर समाचार आए पछि यहाँका संघसंस्थाहरूमा चासो जागेको थियो। यसैबीच लण्डन स्थिति नेपाली दूताबासले पनि अफ्ठारोमा परेका नेपालीले दूताबासमा सम्पर्क गर्न भनिएकोछ।
एनआरएनए युकेले ईङल्याण्ड राज्य परिषद्का संयोजक समाजसेवी दिपक श्रेष्ठलाई आपतकालिन कोषको जिम्मा दिएकोछ। अहिले श्रेष्ठ सक्रिय रुपमा आर्थिक संकलनमा लागेका छन्। उनी बेलायतमा रहेका समाजसेवीहरूमा समाजले पत्याएका र निकै पारदर्शि हिसाबले काम गर्दै आइरहेका व्यक्तिका रुपमा चिन्छन्।
भुकम्पका वेला होस् वा नेपाल बेलायतको मैत्रीपुर्ण क्रिकेट खेलमा होस् उनले आफ्नो राम्रो भूमिकाले खेलेका थिए। अहिले भाईबर ग्रुप बनाएर आर्थिक संकलन भईरहेकोछ भने एनआरएनए यूकेका सल्लाहकारहरूलाई पनि जिम्मेबार बनाउन ह्वाटस्अप ग्रुप बनाएर अब आपतकालिन अवस्थामा कसरी अगाडी बढ्ने भन्ने छलफल भईरहेकोछ।
अब केही दिनमै अफ्ठारोमा परेका नेपाली विद्यार्थीहरूलाई उनीहरू बसेकै ठाउँमा पुगेर खाद्यान्य सहयोग गर्ने योजना बनाएका छन्।
Facebook Comment