साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोनाको संक्रमण
काठमाडौँ । खाडीमुलुक साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
शनिबार साउदी अरबको दम्माम र जेद्दामा गरेर २ जनामा कोरोनाको संक्रमण देखिएको अनौपाचारिक जानकारी आएको रियादस्थित दूतावास श्रोतले डिसी नेपाललाई जानकारी दिएको छ ।
सम्बन्धित निकायबाट दूतावासमा औपचारिक जानकारी नआएको दूतावास श्रोतले बतायो । ‘हामीलाई दम्माम र जेद्दामा गरेर २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको भन्ने अनौपचारिक जानकारी आएको छ,’ दूतावास श्रोतले भन्याे ‘सम्बन्धित निकायसँग बिवरण मागेको छौँ । तर, अहिलेसम्म प्राप्त भएको छैन। ’
प्रतिक्रिया
Facebook Comment