कोरोना महामारीः स्पेन र इटलीमा घट्यो, अमेरिकामा सबैभन्दा धेरैको मृत्यु (तालिकासहित)

डिसी नेपाल
२३ चैत २०७६ ७:२५

काठमाडौँ । केही समयदेखि महामारीको रुप लिएको इटली र स्पेनमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमण र ज्यान गुमाउनेकाे स‌ख्या घटेको छ । २४ घण्टामा स्पेनमा ७४९ जनाको ज्यान गएको छ भने इटलीमा ६८१ जनाको ज्यान गएको छ । अघिल्लो दिन स्पेनमा ८५० तथा इटलीमा ७६६ जनाको ज्यान गएको थियो ।

शनिबार इटलीमा ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ।

यस्तै स्पेनमा शनिबार ६ हजार ९ सय ६९ नयाँ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ६८ पुगेको छ। संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा पछिल्ले २४ घण्टामा ३४ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ ।

आइतबार (नेपाली समयअनुसार) बिहानसम्म विश्वभर १२ लाख १ हजार ४ सय ७३ जना मानिस कारेनाको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ८४ हजार ८ सय ११ जना नयाँ थपिएका हुन् ।

जसमध्ये ६४ हजार ६ सय ९१ जना संक्रमितको ज्यान गएको छ भने २ लाख ४६ हजा ३ सय ८३ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूके ७०८, नेदरल्याण्ड १६४ जना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या मध्ये सबैभन्दा धेरै हो । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

२०६ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *