कोरोना नियन्त्रण तथा उपचार कोषमा सवा अर्ब सहयोग

डिसी नेपाल
२३ चैत २०७६ १२:४१

काठमाडौं। कोरोना भाइरस संक्रमण रोक्न सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सवा अर्व रुपैयाँ सहयोग जम्मा भएको छ।

संघीय सरकारले ५० करोड रुपैयाँ राखेर सुरु गरेको कोषमा विभिन्न व्यक्ति तथा संस्थाले योगदान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार हालसम्म कोषमा एक अर्ब १८ करोड ९५ लाख १० हजार ८८६ रुपैयाँ जम्मा भइसकेको छ। सहयोग घोषणा गर्नेहरुले कोषमा रकम जम्मा गर्नेक्रम बढिरहेको सहसचिव राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

कोषका लागि सरकारले राष्ट्रिय बाणिज्य बैंक सिंहदरवारमा छुट्टै खाता खोलेको छ। उक्त कोषमा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, निजामती कर्मचारी, सरकारी निकाय, उद्योगी प्रतिष्ठान, राजनीतिज्ञ, व्यवसायी र सर्वसाधारणले सहयोग गरेका छन्।

मन्त्रिपरिषद्को कार्यालयले हरेक दिनको सहयोग रकम सार्वजनिक गरिरहेको छ। यसैगरी कोष संचालनका लागि निर्देशिका जारी गरिएको र महालेखा नियन्त्रणको कार्यालयमार्फत नै रकम खर्च गरिएको छ।

कोषमा हालसम्म सबैभन्दा बढि सहयोग नेपाल आयल निगम ५० करोड रुपैयाँ गरेको छ । यसैगरी नेपाल दूरसञ्चार प्राधिकरण १५ करोड, नेपाल टेलिकमले १२ करोड, विमा समितिले ५ करोड, कर्मचारी सञ्चय कोषले ५ करोड रुपैयाँ योगदान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *